८ वैशाख २०८१ शनिबार
समाज

तीन बालबालिका बेपत्ता

रुकुम (पुर्व)– पिपलटुङ्मा गाडि हेर्न गएका तीन जना बालबालिकाहरू पाँच दिनदेखि बेपत्ता भएका छन् । गाउँपालिका–१, रन्मामैकोटका तीन जना बच्चा बैशाख २९ गते वेपत्ता भएको आफन्तले जानकारी दिएका छन् । 

यहाँका ७ वर्षीय दुवै पुन, दामन पुन, ६ वर्षीया सुहाना पुन, ५ वर्षीय काले पुन र ५ वर्षीया काले पुन पुथाउत्तरगंगाको पिपलटुङ् भन्ने ठाउँमा गाडी हेर्न जाने सल्लाह गरेर गाउँबाट निस्केका थिए । 
उनीहरूमध्ये काले पुनलाई स्थानीयले भेटाएपछि आफन्तलाई बुझाएका छन् । तर बाँकी तीन जना भने अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए । 

बेपत्ता बालबालिकाको प्रहरी र आफन्तले खोजी कार्य जारी राखेको उनको भनाई छ । उनीहरु बाटो बिराएर जंगलतिर गएको हुनसक्ने प्रहरीको अनुमान छ । गाडी सञ्चालन भइरहेको पिपलटुङ्मा पनि नपुगेको र गाउँमा पनि नभएका करण उनीहरु जंगलतिर गएको हुसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित: ३ जेष्ठ २०७५ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App