काठमाडौं – अक्सब्रिज र ब्रिटिस क्लेजले पाँचौं सेन्ट जेभियर्स अन्तरकलेज बास्केटबल प्रतियोगितामा बुधबार जित हात पारेका छन्।
माइतीघरस्थित सेन्ट जेभियर्सको कोर्टमा जसाङ कोबीको सर्वाधिक १९ स्कोरको मद्दतमा अक्सब्रिजले टेक्सस कलेजमाथि ५१–४७ को रोमाञ्चक जित हात पार्दा अर्को खेलमा सन्दुक तेन्जिङको सर्वाधिक १६ स्कोरको मद्दतमा ब्रिटिसले न्याथम कलेजलाई ४१–१४ को फराकिलो अन्तरले पराजित गर्यो ।
प्रतियोगितामा बिहीबार महिलातर्फ जेभियर्स इन्टरनेसनल र थेम्स कलेजबीच खेल हुनेछ ।
प्रकाशित: ३ जेष्ठ २०७५ ०४:११ बिहीबार