coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पाकिस्तानलाई शृंखला

डब्लिन – इमान–उल–हकले सम्हालिएको ब्याटिङ प्रदर्शन गरेपछि पाकिस्तानले पहिलो टेस्टमा आयरल्यान्डलाई ५ विकेटले पराजित गर्दै एक मात्र टेस्ट शृंखला जितेको छ।

जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई ४.३ ओभरमा १४–३ को स्थितिमा ल्याउँदै आयरल्यान्डले जितका साथ टेस्ट क्रिकेटमा सुखद सुरुआत गर्र्ने संकेत गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले गत वर्ष आयरल्यान्ड र अफगानिस्तानलाई टेस्ट राष्ट्रको मान्यता दिएको थियो।

तर पहिलो टेस्ट खेलिरहेका इमामले सम्हालिएको प्रदर्शन गर्दै अविजित ७४ रन जोडेसँगै पाकिस्तानले पाँचाैं तथा अन्तिम दिनको चिया सत्रअघि नै नतिजा आफ्नो पक्षमा पार्दै एक मात्र टेस्ट शृंंखला जितेको हो।

इमामले चौथो विकेटका लागि बाबर आजमसँग १ सय २६ रनको महत्वपूर्ण साझदारी गर्दै पाकिस्तानको जित पक्का गरेका थिए । १ सय २१ बल खेलेका इमामले ८ चौका प्रहार गर्दा १ सय १४ बलको सामना गरेका बाबरले ८ चौकाको मद्दतमा ५९ रनको योगदान गरे।

आयरल्यान्डका टिम मुर्ताघले २ तथा बोयड रान्किन र स्टुवार्ट थम्सनले समान १ विकेट लिए।

यसअघि पाकिस्तानले ३१०–९ मा पहिलो इनिङ समाप्तिको घोषणा गरेपछि ब्याटिङ थालेको आयरल्यान्ड पहिलो इनिङमा १ सय ३० रनमा अलआउट भएपछि फलोअनमा परेको थियो । आयरल्यान्डले दोस्रो इनिङमा पनि ३ सय ३९ रन मात्र जोड्न सकेपछि पाकिस्तानले जितका लागि १ सय ६० रनको लक्ष्य पाएको थियो।

पाकिस्तानले अर्को साता दुई टेस्ट शृंंखलाका लागि इङ्ल्यान्डको भ्रमण गर्दै छ।

प्रकाशित: ३ जेष्ठ २०७५ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App