coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लाङटाङ म्याराथनमा १०० जना धावक सहभागी हुने

रसुवा – आउँदो शनिबार हुन लागेको ‘तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन’ मा १०० जना धावक सहभागी हुने भएका छन्।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अनुसार म्यराथनमा ९५ जना नेपाली र पाँच जना विदेशीको सहभागिता रहने छ। यो पटकको म्याराथनमा भाग लिन १५ जना महिलाले नाम दर्ता गराएका छन्।
‘दीर्घकालीन पर्यटनका लागि साहसिक खेल’ भन्ने मूल नारासहित टानले २०७३ सालदेखि म्याराथन आयोजना गर्दै आएको छ।

भूकम्पका कारण क्षति भएका पर्यटकीय क्षेत्रहरू सुरक्षित रहेको सन्देश विश्वसामु पुर्याउनका लागि प्रतियोगिता आयोजना गरिएको टानले जनाएको छ। २०७३ सालमा गोसाइँकुण्डदेखि धुन्चेसम्म हाफ म्याराथनको आयोजना गरेको टानले गत वर्ष क्यानजिनदेखि स्याफ्रुबेँशीसम्म म्याराथन सञ्चालन गरेको थियो।

शनिबार बिहान ८ बजे क्याङजिङ गुम्बादेखि म्याराथन सुरु शुरु भई घोडातबेला, शेर्पागाउँ, खान्जिम हुँदै स्याफ्रुबेँसीमा पुगेर टुंगीने संयोजक ऋतु ग्याम्दानले जानकारी दिए। क्यान्जिन गुम्बादेखि स्याफ्रुबेँशीसम्म ४२.१९५ किलोमिटर दूरी रहेको आयोजकले जनाएको छ।

समुद्री सतहबाट ३ हजार ८७० मिटर उचाइको क्याङजिङ गुम्बाबाट उद्घाटन हुने प्रतियोगिताका सहभागी करिब ४ घण्टा लामो यात्रा थिचोलेर स्याफ्रुबेँसीमा पुगेपछि प्रतियोगिता समापन हुनेछ।

म्याराथनको सम्पूर्ण तयारी पूरा भएको सहयोगी संस्था हरित युवा पर्यटन विकास समाज (जिवाइटिडिएस) रसुवाका अध्यक्ष प्रमोद कुमार तितुङले बताए। ‘म्याराथनको लागि सम्पूर्ण तयारी सकिएको छ, अध्यक्ष तितुङले भने, म्याराथनले दिगो पर्यटनमा सहयोग पुग्ने छ।

म्यारथनमा भाग लिनका लागि रसुवाका २५ जनाले नाम दर्ता गराएको उनले बताए। म्याराथनमा पहिलो हुनेलाई १ लाख पाँच हजार, दोस्रो हुनेलाई ७८ हजार ७५० र तेस्रो हुनेलाई ५२ हजार ५०० सहित पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ।

प्रतियोगितामा सहभागी हुन रसुवाबासीको लागि निशुल्क, विदेशीका लागि ७५ अमेरिकी डलर तथा स्वदेशीका लागि २ हजार ५०० दर्ता शुल्क कायम गरिएको थियो।

सगरमाथा र अन्नपूर्णपछि महत्वपूर्ण पदयात्राको गन्तव्य लाङटाङमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पुर्याउने लक्ष्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको टानले जनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०७५ ०५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App