८ वैशाख २०८१ शनिबार
राजनीति

पार्टी एकता अनुमोदन: आजै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुने

काठमाडौँ– नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटमा बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो ।

एकता संयोजन समितिको बैठकमा एकताका विषयमा भएका प्रगति र सहमतिको प्रस्ताव प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराएका थिए ।

अध्यक्षद्वयको जानकारीपछि बैठकले एकता प्रक्रियालाई अनुमोदन गरेको हो । बैठकले एकीकृत पार्टीको अन्तरिम विधान र सांगठनिक प्रतिवेदन समेत पारित गरेको छ।

दुई पार्टीको सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ । यो नाम यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको छ नि भन्ने प्रश्नमा एमाले महासचिव इश्वर पोखरेलले भने, “नेकपाको नाममा नै पार्टी दर्ता हुन्छ । समस्या छैन ।” (रासस)

प्रकाशित: ३ जेष्ठ २०७५ ०९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App