coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एकीकृत पार्टीको केस गठनः संयुक्त बैठक जारी

रामकुमारी झाँक्रीको ट्वीटरबाट

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा छनौट गरिएका सदस्यहरुलाई आजै सपथ खुवाइएको छ। अहिले बालुवाटारमा दुवै पार्टीको संयुक्त बैठक बसेको छ । यो बैठक पछि पार्टीका नेताहरु घोषणा सभामा सहभागी हुनेछन् ।

एकीकरण प्रक्रियालाई वैधानिक बाटोमा डोर्याउन आज दुवै पार्टीले म्याराथन बैठक गरि सबै प्रक्रिया टुंग्याएका छन्। दुवै पार्टीले पार्टी विघटन गरि एकीकृत भएका छन् । आज विहान दुवै नेता दलका शीर्ष नेताले मदन आश्रित स्मृति सभामा सम्बोधन गरेका थिए। त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी हाइकमाण्डमा रहने ९ सदस्यको टुंगो लगाएको थियो। त्यसपछि दुवै दलका केन्द्रीय समिति बैठकले पार्टी विघटन गर्ने निर्णय गरेका थिए। अहिले एकता घोषणा सभा हुनु अघि केन्द्रीय समितिमा रहेका ४ सय ४१ सदस्यको सपथ बालुवाटारमा धमाधम भइरहेको छ। त्यसैगरी दुवै पार्टीका स्थायी समिति मिलाएर छुटफुट समेत जोडेर ४५ सदस्यीय स्थायी समिति पनि आजै गठन गरिएको छ। 
 

प्रकाशित: ३ जेष्ठ २०७५ ११:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App