८ वैशाख २०८१ शनिबार
खेल

आइपीएल : बेंग्लोरद्वारा हैदरावादसामु २१९ रनको लक्ष्य प्रस्तुत

बेंग्लुरु– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेंग्लोरले सनराइजर्स हैदरावादसामु २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

घरेलु मैदान एम चिन्ना स्वामी स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको बेंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१८ रन बनायो। 

बेंग्लोरका लागि एबी डि भिलियर्सले सर्वाधिक ६९ रन बनाए। उनले १२ चौका र १ छक्का प्रहार गरे। मोइन अलीले २ चौका ६ छक्कासहित ६५ रन जोडे। कोलिन डि ग्राण्डोम्मले १ चौका र ४ छक्कासहित ४० रन बनाए। शर्फराज खानले २२ रन जोड्दा कप्तान विराट कोहली १२ रनमा आउट भए। 

बलिङतर्फ रसिद खानले ३ विकेट लिए। सिद्धार्थ कोलले २ तथा सन्दिप शर्माले १ विकेट लिए। 

प्रकाशित: ३ जेष्ठ २०७५ १६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App