८ वैशाख २०८१ शनिबार
अन्य

‘चन्द्रागिरि हिल्सले तीन प्रतिशत कर तिर्न आलटाल गरिरहेको छ’

कृष्णप्रसाद खड्गी

वडाध्यक्ष ,चन्द्रागिरि नगरपालिका -४

केबलकारबाट नाफा आर्जन गरे पनि तोकेअनुसारको कर तिर्न कम्पनी अनिच्छुक देखिएको छ । प्रालिले दुई प्रतिशत कर मात्रै तिरिरहेको छ । तीन प्रतिशत कर तिर्न आलटाल गरिरहेको छ । सात सय रुपैयाँमा टिकट बेच्दै आइरहेको प्रालिले पाँच प्रतिशत मनोरञ्जन कर तिर्न आलटाल गरिरहेको छ । त्यसैले नगरपालिकाले मनोरञ्जन कर तिर्न बारम्बार ताकेता गरिरहेको छ।

तथा प्रतिनिधिसभाको निर्वाचन भयो । एकातर्फ निर्वाचन अर्काेतर्फ कानुनी बाधा–अड्चनले काम गर्न नसकिएको हो । पछिल्लो समय वडा कार्यालयले धमाधम विकास निर्माणको कामलाई तीव्रता दिएको छ । भूकम्पले वडा कार्यालय भत्काएर अस्तव्यस्त भएको थियो ।

अहिले भाडामा नयाँ घर लिएर वडा कार्यालय सञ्चालन गरेका छौँ । त्रिभुवन राजपथदेखि वडा कार्यालय जोड्ने पाँच सय ७० मिटरको बाटो ढलान गयाैं । त्यसैगरी, त्रिभुवनपार्क–चुनिखेल–हुँदै चन्द्रागिरि केबलकारसम्मको नौ सय मिटर सडक मर्मत–सम्भार गरेर सञ्चालनमा ल्याएका छौँ।

तपाईंको वडामा खानेपानीको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

२०७२ को भूकम्पले अधिकांश खानेपानीका मुहान सुकेका छन् । पानीको स्रोत सुकेसँगै वडामा पर्याप्त खानेपानी आपूर्ति गर्न सकिएको थिएन । जसकारण केही समय खानेपानीको अभाव देखिएको थियो । नौ महिनाअघि वडा कार्यालयको अगुवाइमा डिप बोरिङ खनेर तामाङबस्ती, बलामीबस्ती, नयाँबस्ती लगायतका विभिन्न स्थानमा खानेपानी वितरणका लागि एक लाख ५० हजार क्षमताको ट्यांकी निर्माण गरेर खानेपानी वितरण गरिरहेका छौँ ।

बोरिङको खानेपानीबाट चार सय ७० घरधुरी प्रत्यक्ष लाभान्वित भइरहेका छन् । अहिले पहिलेजस्तो खानेपानीको समस्या छैन । वडा कार्यालयले बिस्तारै खानेपानीको समस्या हल गर्दै आएको छ । वडा कार्यालयले यस वर्ष खानेपानी व्यवस्थापनका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेर खानेपानीको स्रोत पहिचान तथा ट्यांकी निर्माण अघि बढाएको छ ।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?

नगरपरिषद्बाट वडा कार्यालयका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सडक र ढललगायत पूर्वाधार निर्माणका लागि एक करोड, वडा कार्यालयको भवन निर्माणका लागि २२ लाख, खानेपानी व्यवस्थापनका लागि १५ लाख, महिला सशक्तीकरणका लागि तीन लाख रुपैयाँ विनियोजन भएको छ । नगरपरिषदबाट पारित भएका योजना अहिले धमाधम निर्माण कार्य भइरहेको छ।

तपाईंको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि ?

लामो समय जनप्रतिनिधि नहुँदाको फाइदा उठाउँदै केही व्यक्तिले सार्वजनिक जग्गा मिचेका छन् । वडामा करिब पाँच रोपनीभन्दा धेरै सार्वजनिक जग्गा अतिक्रमण भएको छ । नगर कार्यपालिका बैठकले नगर क्षेत्रमा अतिक्रमण गरिएका जग्गा छानबिन समिति गठन गरिसकेको छ । तर, छानबिन समितिलाई कार्यादेश नहुँदा सार्वजनिक जग्गा छुट्ट्याउन समस्या भइरहेको छ । वडा कार्यालयले सार्वजनिक जग्गाको पहिचान गरेर संरक्षण गर्ने नीति अघि सारेको छ । हामी जनप्रतिनिधि आएपछि सार्वजनिक जग्गा कहीँ पनि मिचिएको छैन ।

आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन कस्तो योजना बनाउनुभएको छ ?

वडामा रहेका ऐतिहासिक सम्पदालाई उपयोग गर्न सके पर्याप्त पर्यटक भित्र्याउन सकिन्छ । मेरो वडामा लिच्छविकालीन, मल्लकालीन ऐतिहासिक कोर बस्ती रहेका छन् । त्यस्तै, महालक्ष्मी मन्दिर, ऐतिहासिक कोतघर, आदिनारायण मन्दिर लगायत ऐतिहासिक स्थल र त्रिभुवन पार्क रहेको छ।

जुन पिकनिक स्पटका रूपमा चिनिदै आएको छ । पछिल्लो समय वडामा चन्द्रागिरि केबलकार समेत सञ्चालनमा आएको छ । वडामा रहेका ऐतिहासिक सम्पदा तथा मठ–मन्दिरलाई संरक्षण र संवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित काम अगाडि बढाइरहेको छु ।

चन्द्रागिरि हिल्सले मनोरञ्जन कर तिरेको छैन, कर उठाउने योजना के छ ?

चन्द्रागिरि हिल्स प्रालिले मनोरञ्जन करबापत पाँच प्रतिशत कर तिर्न आनाकानी गरिरहेको छ । चन्द्रागिरी नगरपालिकाको बोर्ड बैठकले पाँच प्रतिशत मनोरञ्जन कर उठाउने निर्णय गरिसकेको छ । केबलकारबाट नाफा आर्जन गरे पनि तोकेअनुसारको कर तिर्न कम्पनी अनिच्छुक देखिएको छ।

प्रालिले दुई प्रतिशत कर मात्रै तिरिरहेको छ । तीन प्रतिशत कर तिर्न आलटाल गरिरहेको छ । सात सय रुपैयाँमा टिकट बेच्दै आइरहेको प्रालिले पाँच प्रतिशत मनोरञ्जन कर तिर्न आलटाल गरिरहेको छ । त्यसैले नगरपालिकाले मनोरञ्जन कर तिर्न बारम्बार ताकेता गरिरहेको छ । प्रालिले शक्तिको आडमा कर तिर्न आलटाल गरेको हो । वडा कार्यालयले निश्चित समय तोकेरै कर तिर्न निर्देशन दिइरहेको छ।

लामो समयदेखि कलंकी–नागढुंगा सडक विस्तार हुन सकेन, कहिलेसम्म गर्नुहुन्छ ?

लामो समयदेखि नागढुंगा–कलंकी सडक अलपत्र छ । वर्षौंदेखि सडक सडक विस्तार नहुँदा धुलोका कारण नागरिकको स्वास्थ्यमा समस्या देखिएको छ । त्रिभुवन पार्कदेखि सरस्वती स्थानसम्म करिब एक किलोमिटर हाइवे सडक वडा मातहत पर्छ । जहाँ मुआब्जा र क्षतिपूर्ति विवादकै कारण सडक विस्तार हुन सकेको छैन।

जसकारण घाम लाग्दा धुलाम्मे र पानी आउँदा हिलाम्मे हुन्छ, यसले जनजीवन नै प्रत्यक्ष प्रभावित पारिरहेको छ । कोर बस्तीमा सडक विस्तार गर्न समस्या देखिएको छ । वर्षाैंदेखि बसोबास गर्दै आएको जनतालाई सरकारले हटाउन खोजेको छ, जसकारण विवाद उत्कर्षमा पुगेको हो । मालपोत कार्यालयले तोकेको दरअनुसार नै जग्गा र घर दुवैको क्षतिपूर्ति तथा मुआब्जा उपलब्ध गराएर समस्या सल्टाउनुपर्ने देखिन्छ । वडामा करिब तीन किलोमिटर सडक कच्ची छन् । वडा कार्यालयले भित्री सडक कालोपत्रे गर्दै लैजाने योजना बनाएको छ।

कस्तो वडा बनाउने सपना छ ?

काठमाडौं उपत्यकाकै नमुना वडा बनाउने सपना बोकेर काम गरिरहेको छु । मेरो कार्यकालभित्रै वडामा प्रत्येक सडक कालोपत्रे-ढलान गर्ने लक्ष्य राखेको छु । ५० शयाकाल स्थापना गर्न आन्तरिक तयारी अगाडि बढाएको छु । वडा कार्यालयले अस्पताल बनाउने जग्गा तयार गरिसकेको छ।

निर्माण प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयसँग पहलकदमी गरिरहेको छु । त्यसैले वडालाई सफासुग्घर र हराभरा बनाउने लक्ष्य राखेको छु । त्यसको साथसाथै एक घर, एक बाटो र एक घर एक पानीसहितको धारा बनाउने योजनासहित अघि बढेको छु।

प्रस्तुति : हिमाल लम्साल

 

प्रकाशित: ४ जेष्ठ २०७५ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App