coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

एक वडा, दुई शौचालय

काष्ठमण्डप

काठमाडौं महानगरपालिकाले ७० स्थानमा अत्याधुनिक शौचालय राख्ने योजना अघि सारेको छ । वैशाख १२ गतेको नगर कार्यपालिका बैठकले एक वडामा दुइटा गरी ३२ वडामा ६४ वटा र विभिन्न ६ ठाउँमा गरेर जम्मा ७० वटा शौचालय राख्ने निर्णय गरेको हो ।

महानगरका अनुसार बानेश्वर, त्रिपुरेश्वर, चाबहिल, बबरमहल, गोंगबु र वसन्तपुरमा रोटोमोल्डिङ प्रविधिका शौचालय राखिनेछ । ६ वटा आफ्नै लगानीमा बनाउने र ६४ वटा शौचालय भने विभिन्न संघ–संस्थालाई बनाउन लगाउने महानगरको योजना छ।

सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख महेश काफ्लेका अनुसार सामाजिक उत्तरदायित्वअनुसार विभिन्न संघ–संस्थालाई शौचालय राखिदिन अनुरोध गरिनेछ । त्यसरी सम्भव नभएको खण्डमा पिपिपी मोडलमा गएर भए पनि सक्दो चाँडो शौचालय बनाउने योजनामा महानगर जुटेको छ ।महानगरले शौचालय राख्न खुला ठाउँ पहिचान गर्न वडालाई निर्देशन समेत दिइएको महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।

रोटोमोल्डिङ प्रविधिबाट निर्माण भएको शौचालय चीनमा प्रसिद्ध छ । सोही प्रविधिको शौचालय ल्याएर राख्ने महानगरको योजना छ । ‘यो प्रविधिको शौचालय सस्तो र सुविधायुक्त छ,’ प्रवक्ता कार्कीले भने, ‘त्यसैले सोही मोडेलको शौचालय ल्याउन लागेका हौँ ।’ शौचालयको लागत पाँच लाखसम्म पर्ने अनुमान महानगरको छ । सानो ठाउँमै राख्न सकिने तथा स्थानान्तरण गर्न समेत मिल्ने भएकाले उक्त प्रविधिको शौचालय ल्याउने तयारी थालेको काफ्लेले बताए । त्यस्ता अत्याधुनिक शौचालय चीनबाटै खरिद गर्ने योजना रहेको उनको भनाइ छ।

यस्तो शौचालय एक सय १० केजी तौलको हुन्छ । यो प्रविधिको शौचालयमा एक सय ६० लिटर क्षमताको पानी ट्यांकी, दुई सय ९० लिटर क्षमताको फोहोर ट्यांकी र सौर्य ऊर्जाबाट चल्ने पंखा, बत्ती समेतको सुविधा हुन्छ । हातधुने बेसिन, ट्वाइलेट पेपर स्ट्यान्ड, ऐना र पुरुषका लागि छुट्टै युरिनल समेत हुन्छ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App