coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रमजान पर्व मनाउन राहत वितरण

रमजान पर्वको अवसरमा विपन्न मुस्लिम परिवारलाई बिहीबार गौरमा राहत सामग्री वितरण गर्दैै गौर नगरपालिकाका उपमेयर किरण ठाकुर। तस्बिर : मदन ठाकुर/रासस

रौतहट – मुस्लिमको महान पर्व रमजान मनाउनका लागि विपन्न मुस्लिम परिवारलाई विभिन्न प्रकारका खाद्यान्न सामग्री वितरण गरिएको छ। करिब एक महिनासम्म चल्ने रमजान पर्व मनाउन मुस्लिम समुदायका विपन्न परिवारलाई कठिनाइ भइरहेको अवस्थामा इस्लामिक रिलिफ वल्र्ड वाइड फन्डको सहयोगमा दुई हजार ५० जना विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

इस्लामिक रिलिफ वल्र्ड वाइड युकेको आर्थिक सहयोगमा आरडिसी नेपालद्वारा रौतहट सदरमुकाम गौरमा आर्थिक अवस्था कमजोर भएका मुस्लिम परिवारलाई बिहीबार एक समारोहका बीच गौर नगरपालिकाका उपमेयर किरण ठाकुरले सो समग्री वितरण गरेकी हुन्।

पर्वका बेला गरिब, असहायलाई मानवीय सहायताको दृष्टिले यस्ता सामग्री वितरण सराहनीय रहेको भन्दै ठाकुरले ९ महिनाअघि आएको विनाशकारी बाढीबाट पीडित परिवारको पुनसर््थापना लागि काम गर्न संघसंस्थालाई आग्रह गरिन्। बाढीपीडित परिवारको जीविकोपार्जन स्थितिमा सुधार ल्याउन दीर्घकालीन योजना आवश्यक रहेको र यसका लागि गैरसरकारी क्षेत्रको तत्परता आवश्यक रहेको उनको भनाइ थियो।

रमजानको समयमा खाद्यान्न अभावका कारण कुनै पनि मुस्लिम परिवार पर्व मनाउनबाट बञ्चित नहोस् भन्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको ग्रामीण विकास केन्द्र आरडिसीका अध्यक्ष पारस हुसेनले बताए। गौरमा २८५, गुजरामा २८२, इशनाथमा २२७, कटहरियामा २२५, परोहामा ७१९ र यमुनामाई गाउँपालिकामा ३१२ गरी २०५० विपन्न मुस्लिम परिवारलाई जनही १० किलोग्राम चामल, २ किलोग्राम दाल, ३ किलोग्राम चना, डेढ लिटर खानेतेल, २ किलोग्राम चिनी, ५०० ग्राम चियापत्ती र ५०० ग्राम खजुर वितरण गरिएको हुसेनले बताए। मुस्लिम समुदायले एक महिनासम्म रोजा राखेर रमजान पर्व मनाउने गरेको छ।


 

प्रकाशित: ४ जेष्ठ २०७५ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App