५ वैशाख २०८१ बुधबार
खेल

युभेन्ट्स छोड्दै बुफोन

टुरिन – युभेन्ट्सका गोलकिप्पर जियानलुइजी बुफोनले यसै सिजनको अन्त्यसँगै १७ वर्षे क्लब बसाइ टुङ्ग्याउने निर्णय गरेका छन् । यद्यपि उनले फुटबल करियरबाटै बिदा भने नलिने बताएका छन्।

४० वर्षे बुफोनले क्लबलाई लगातार सातौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जिताउँदा महत्पूर्ण भूमिका खेलेका थिए।

इटालीबाट सर्वाधिक १ सय ७६ खेल खेलेका बुफोनको शनिबार किइभो भेरोनाविरुद्ध हुने खेल इटालियन सिरी ‘ए’ मा ६ सय ४० औं खेल हो।

प्रकाशित: ४ जेष्ठ २०७५ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App