१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नाटकमा निखारिए बालबालिका

काठमाडौं – मनस्वी दाहाल नौ कक्षामा पढ्छिन्। उनलाई घरमा बाबुआमाले पढ मात्र भनेको फिटिक्कै मन पर्दैन्। ‘पढ्नबाहेक अरु धेरै कुरा गर्न मन लाग्छ,’ उनले भनिन्, ‘त्यसैले स्कुलमा म थिएटरमा अभिनय गर्छु।’ यसपटक काठमाडौं प्रज्ञा कुञ्ज स्कुलमा जारी रहेको नाटक सप्ताहमा किताबभित्र किताब बाहिर नाटकमा सहभागी भइन्। अघिल्लो वर्ष व्युटी इज ए बिष्ट नामक नाटक खेलेकी उनले यो पाला त्यो भन्दा मुख्य भूमिका पाएको बताइन्।

‘पहिला धेरै डायलग थिएन यसमा धेरै डायलग पनि थियो मज्जा आयो,’ उनले हौसिँदै बोलिन् , ‘यसमा स्कुलको किताब मात्र हैन बाहिरका गतिविधीमा पनि सामेल हुनुपर्छ भन्ने शिक्षा दिन्छ।’ उनले भनेझैं किताबभित्र किताबबाहिर नाटकमा अभिनय रुचाउने बालिकालाई उनका बाबुआमाले अन्त्यमा अभिनय पढ्नका लागि विदेश पठाउँछन्। स्टुडेन्टमा पढाइमा धेरै इच्छा हुन्न। ड्रामासँग सम्बन्धित ड्रामा गर्ने इच्छा छ भविष्यमा के हुन्छ।

उनीजस्तै कक्षा सातकी श्रीतु पहाडी सानैदेखि थिएटर अभिनयमा सहभागी छिन्। नाटक खेल्दाको उनको फरक अनुभव छ। ‘नाटकमा अभिनय गर्न थालेपछि कन्फिडेन्स लेभल एकदम हाइ हुन्छ,’ उनले थपिन्, ‘भीडभाडमा अनि स्टेजमा उक्लेर बोल्न सहजै सकिन्छ ।’ यसपाला उनले व्युटी इज ए बिष्ट नाटकमा अभिनय गरिन्। यसअघि उनले पहेंलो बस नाटकमा अभिनय गरेकी थिइन् । ‘त्यो पुरै नेपाली ढर्राको डायलग थियो यसमा पढाइको झैं मिक्सम्याक्स छ,’ उनले अभिनयको कुरा बताइन्, ‘पछि सुध्रिने छुच्चो मान्छेको रोल मेरो छ।’

नाटक खेलेपछि नै बालबालिकाहरुले मानिससँग कसरी आँखा जुधाएर बोल्ने, फटाहा मानिसको स्वभाव कसरी थाहा पाउने, व्यवहार र शरीरको हाउभाउ कस्तो राख्ने भन्ने जस्ता सामाजिक घुलमिलका कुराहरु सिकेका छन्।

यसअघि लाज मानेर अगाडी नआउने पनि नाटकमा अभिनय गरेपछि बोल्न सक्ने भएको अभिनय शिक्षक तथा नाट्यकर्मी टंक चौलागाईंले बताए। कक्षा चारदेखि नौ सम्मका विद्यार्थीहरुले भाग लिएको आयोजक प्रज्ञा कुञ्ज स्कुलले जनाएको छ।

सप्ताहका प्रमुख अतिथी अनुप बरालले बालबालिकाको अभिनय तिर्खान सघाए। भोला, पहेंलो बस, रोल नं. चार, उज्यालोतिर, हिराको भोटो, किताबभित्र किताबबाहिर लगायत नाटक टंक चौलागार्इंले लेखन तथा निर्देशन गरेका हुन्।

छ वर्षदेखि निरन्तर थिएटरमा नाटक मञ्चन गरिरहेको प्रज्ञा कुञ्ज स्कुलले अघिल्लो वर्ष मोबाइल थिएटरको आयोजना गरेको थियो।

अन्तिम दिन मंगलबार रंगकर्मी अभिनेता सरोज खानालद्वारा उत्कृष्ट बालकलाकारलाई पुरस्कार प्रदान गरियो। नाटक भोलाबाट कक्षा ४ का बत्सल न्यौपाने, प्रज्ञा अधिकारी उत्कृट बने। त्यस्तै कक्षा चारकै नाटक पहेंलो बसबाट आर्याभा निरौला र आरोहण बरालले उत्कृट अभिनय गरेर दर्शकको मन र अर्वाड दुवै जिते।

नाटक उज्यालोतिरबाट कक्षा ५ का दिब्बेस पौडेल र सिबिका खड्का, त्यस्तै अर्काे नाटक रोल नं. ४ बाट कश्यप ज्ञवाली र आरोही पराजुली उत्कृट बने। ब्युटी इज ए बिस्टबाट कक्षा ७ का श्रीतु पहाडी र साहिन मानन्धरले  अर्वाड हात पारे। चार्ली एन्ड द चक्लेट फ्याक्ट्रीबाट निलदीप नेपाल, प्रत्युषा पोखरेल उत्कृष्ट ठहरिए।

रमेश विकलको कथा मधुमालती कथाबाट शितल खरेल र सुरज न्यौपाने, किताबभित्र किताबबाहिरबाट मनस्वी दाहाल र अभिनव पौडेल उत्कृट भए। नाटक हिराको भोटोबाट आर्यन नेपाल र एलिना श्रेष्ठ उत्कृष्ट भए।

प्रकाशित: ४ जेष्ठ २०७५ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App