coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कालीगण्डकी करिडोर चौडाइको काम सुरु

करिडोर अन्तरगत रिडी–रुद्रवेणी खण्डमा भिरमा काम गदै नेपाली सेना। तस्बिर : शिवलाल सुवेदी/गुल्मी

गुल्मी – राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको चौडाइ गर्ने काम सुरु भएको छ। गुल्मीको रिडीबाट बागलुङको मालढुंगासम्म खोलिएको ट्रयाकलाई चौडा गर्ने काम सुरु भएको हो।

करिडोर विस्तारका लागि पहिलो चरणमा गुल्मीको रिडीबाट काम सुरु भएको बताइएको छ। छोटो समयमा नेपाली सेनाले सडकको ट्रयाक खोलेको केही समयमै सडक चौडा पार्ने कामलाई तिव्रता दिएको छ। ८ मिटर चौडाइ रहेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अव  १० मिटरको हुनेछ।

नेपाली सेनाले करिडोर अन्तरगतको गुल्मीको रुरु रुद्रवेणी सडक खण्ड बन्द  गरेर नै काम सुरु गरेको जनाएको छ। वैशाख पहिलो साता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्माण कार्यको उद्घाटन गरेपनि सेनाले बुधवारबाट सडक वन्द गरेर काम सुरु गरेको करिडोर निमार्ण कार्यदलका प्रमुख इन्जिनियर रेश्मीराज भट्टराईले बताए।

‘वैशाखको पहिलो साता नै काम सुरु गर्ने भन्दै परराष्ट्रमन्त्री ज्युले उद्घाटन गर्नुभएको हो’, भट्टराइले भने, ‘प्राविधिक कारणले काम केही ढीलो गरी सुरु भएको छ।’ उनले अबको तीन महिनाभित्र सडक निर्माण कार्य सकिने बताए। सडक विस्तार गर्न अर्थ मन्त्रालयले १० करोड रुपैयाँ उपलब्ध गराएको उनले बताए।

करिडोर जिल्लावासीहरुको भाग्य र भविष्यको प्रमुख आधार भएको सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए। करिडोर निमार्ण पछि  जिल्लामा व्यापार व्यवसाय लगायत अन्य थुप्रै कार्य गर्न सहज हुने बताए।

प्रकाशित: ४ जेष्ठ २०७५ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App