काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।
विगत तीन दिनदेखि छालाको इन्फेक्सन, टाउको दुख्नेलगायतका समस्याबाट पीडित मन्त्री यादवकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिन दाहाल नर्भिक अस्पताल पुगेका थिए।अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले भने, “अध्यक्षले मन्त्री यादवको स्वास्थ्य अवस्थाको जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभयो।”
अध्यक्ष दाहालले स्वाथ्यमा सुधार नभए अन्य अस्पतालमा समेत उपचारमा जान सुझाव दिएका छन् । “सम्भव भएसम्म स्वदेशमा नै उपचार गराैँ, भएन भने विदेशका अस्पतालमा समेत उपचार गर्नुपर्ने हुन सक्छ”, अध्यक्ष दाहालले भने।चिकित्सकले भने मन्त्री यादवको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन्।रासस
प्रकाशित: ४ जेष्ठ २०७५ ०७:०८ शुक्रबार