८ वैशाख २०८१ शनिबार
खेल

कोहलीलाई जादू देखाएका सन्दिपले आज धोनीविरुद्ध बलिङ गर्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपीएल) मा आज हुने एकमात्र खेलमा दिल्ली डेयरडेभिल्सले नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई पनि खेलाउने भएको छ । मे १२ मा विराट कोहलीको रोयल च्यालेन्जर बेंग्लोर विरुद्ध डेब्यू बलिङ गरेर चर्चा बटुलेका सन्दिपले आज महेन्द्र सिंह धोनीको चेन्नइ सुपरकिंग्स विरुद्ध पनि आफ्नो बलिङ कला देखाउने अवसर पाएका छन् । आजको खेलमा सन्दीपले  धोनीसँगै शेन वाट्सन र सुरेश रैनाजस्ता खेलाडीसामु बलिङ कला देखाउनेछन् ।

दिल्लीले आज सन्दिपलाई ओपनिङ बलिङमा पठाउने रणनीति अपनाएको छ ।

दिल्लाीको घरेलु मैदान फिरोज शाह कोट्ला मैदानमा नेपाली समय अनुसार साँझ ८ः१५ मा खेल सुरु हुनेछ । सन्दिप आज ब्याटिङ क्रमको नवौं नम्बरमा छन् । दिल्ली डेयरडेभिल्सले अघिल्लो खेलमा सन्दिपसँगै मैदानमा उतारेको जुनियर डालाको भने निश्चित छैन । डाला र लिआम प्लङकेट मध्ये एक जना मैदानमा उत्रनेछन् ।

१२ खेल खेलेको चेन्नईले ८ मा जित र ४ मा हार व्यहोर्दै १६ अंक बनाएको छ भने समान १२ खेलनै खेलेको दिल्लीले भने ३ मा जित र ९ खेलमा हार व्यहोरेको छ। ६ अंक जोडेको दिल्ली प्रतियोगिताबाट बाहिरिसकेको छ। चेन्नई आजको खेल जित्दै शीर्ष २ मा रहदै अघिल्लो चरणमा प्रवेश गर्ने दाउमा रहनेछ भने दिल्ली यो खेल जित्दै जित संख्या बढाउने सुरमा रहनेछ।  
सन्दीपले बेंग्लोरसँगको खेलमा पूरै ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट झारेका थिए। सो खेलमा विश्वका चर्चित ब्याट्सम्यान बिराट कोहली र एबी डी भिलिसर्य सन्दीपको बलमा खुलेर खेल्न सकेका थिएनन्।

प्रकाशित: ४ जेष्ठ २०७५ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App