८ वैशाख २०८१ शनिबार
कला

करोड क्लवमा ओलीको ह्याट्रिक

काठमाडौँ – गायक सरोज ओलीले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनले गाएका तीनओटा आधुनिक गीतहरू युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिएको हो।

यसअघि गायक ओलीको ‘तिमीलाई देखेपछि आई लभ यु’ र ‘माछीले खाने खोलीको लेउ’ बोलका गीतहरू युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिसकिएको थियो। हालै उनले गाएको ‘जता जता पिरतीको बाटो’ बोलको गीतले पनि युट्युबमा १ करोड भ्यु बटुलेको छ। यो सँगै गायक ओली नेपाली आधुनिक गीत अन्र्तगत युट्युबमा लगातार तीन ओटै गीतमा करोड भ्यु पाउने पहिलो गायक भएका छन् ।

यसअघि कुनै पनि आधुनिक गायकहरुका तीन ओटै गीतहरुले लगातार करोड भ्यु पाएका थिएनन्। नेपाली आधुनिक गीतको क्षेत्रमा करोड क्लबमा ह्याट्रिक गरेर सरोज ओलीले नयाँ रेकर्ड बनाएका छन्। 

सरोज ओलीले गायका तीन ओटै गीतलाई चर्चित संगीतकार बसन्त सापकोटाले संगीत दिएका छन्। साथै तीन ओटै गीत दिनेश थपलियाले लेखेका हुन् । साथै संगीतकार र गीतकारको रुपमा बसन्त सापकोटा र दिनेश थपलियाले पनि आधुनिक गीतको करोड क्लबमा ह्याट्रिक गरेका छन्। गायक सरोज ओलीले आफ्नो तीनओटै गीतहरू करोड भ्यु पुगेको अवसरमा विहीबार पत्रकार भेटघाटको आयोजना गरेका थिए । कार्यक्रममा कार्टुन्ज क्रु का सदस्यहरुको उपस्थिती रहेको थियो।

ओलीका करोड पुगेका तीन ओटा गीत मध्ये दुई ओटा गीतमा कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको थियो। साथै संगीतकार सापकोटा र गीतकार थपलियाको सहकार्यमा गायक ओलीले फेरि नयाँ गीतको घोषणा गरेका छन्। ‘पानी कुवाको’ बोलको नयाँ गीतमा पनि कार्टुन्ज क्रुले नै अभिनय गर्ने पक्का भइसकेको छ।

प्रकाशित: ४ जेष्ठ २०७५ १२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App