१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

प्राज्ञिक क्षेत्रमा राजनीतिको कलंक

साहित्यले सहृदयी पाठकलाई सधैँ रसस्वादन गराइरहन्छ । यसभित्र समाजको सर्वाङ्गीण पक्ष आएको हुन्छ वा आउनुपर्छ । शक्ति, सत्ता र समाजका प्रभुत्वशाली वर्गले जमाएको रवाफका विरुद्ध साहित्य लेखिएको पाइन्छ । यसका रुचिक्षेत्र साहित्यकारका रोजाइमा पर्ने गर्छन् ।

कोही आदर्शवादी, कोही यथार्थवादी, कोही मनोवैज्ञानिक क्षेत्र रोजेर लेख्छन् भने कसैको यसभन्दा भिन्न अनेक विषय र क्षेत्रतिर लाग्ने प्रवृत्ति देखिन्छ । नेपाली साहित्यको इतिहास केलाएर हेर्ने हो भने हरेक कालखण्डका साहित्यमा केही न केही वा कतै घटी, कतै बढी सामाजिक साझा समस्याहरूले स्थान पाएकै छन् । ती समस्याको उजागर गर्ने प्रयत्न लेखकहरूले गरेको पाइन्छ ।

समाजका विविध क्षेत्रमाा देखा परेका विकृति र विसङ्गतिका विरुद्ध कलम चलाउने साहस गरेका कारण इतिहासको कुनै कालखण्डमा कतिपय साहित्यकारहरूले मृत्युदण्डको सामना गर्नुपरेको तथ्य छँदै छ । यही क्रममा लेखक–साहित्यकारहरूले हालसम्म पनि कुनै न कुनै रूपमा यसतर्पm कदम चालेकै छन् ।

मूलतः वि.सं. २०४६ पछिका साहित्यिक कृतिहरूको सामान्य सर्वेक्षण गर्दा पनि त्यहाँ सामाजिक विकृति–विसङ्गतिका कुराहरू आएकै छन् । यति भएर पनि समाजका जुन साझा समस्या हुन् ती जति मात्रामा मिहिन तरिकाले आउनुपर्ने हुन् सबै आएका पाइँदैनन् ।

वि.सं. २०४६ मा जब बहुदलीय प्रजातान्त्रिक स्थितिमा देशले अगाडि बढ्ने मौका पायो तब जनताहरू निकै उत्साही र आशावादी बने । पछि त्यो उत्साह र उमङ्ग क्रमशः सेलाउँदै जान थाल्यो । एकातिर वाक् स्वतन्त्रता र अनन्त उत्साहले सपना बुनिरहेका जनता थिए भने अर्कातिर पार्टीगत गुट–उपगुट र अन्य राजनीतिक शक्तिबीच चलखेल र मतभेद चुलिँदै पोखिँदै छताछुल्ल हुँदै थियो । सुरुमा एकैजस्ता एउटा पार्टी र अर्को पार्टीबीच मनमुटाव, टकराव र तानातानको स्थिति देखिएकै थियो । एकै घरमा पनि छोरो एउटा पार्टीमा र बाबु अर्को पार्टीमा लागेर हिँडेका थिए । भाइबन्धु, इष्टमित्र, साथीसँगीबीच पनि पार्टीगत रूपले ठूला खाडलहरू पर्दै थिए ।

यस्तो स्थितिले कसैको घरमा मानिसको मृत्यु भयो भने एउटा पार्टीमा लागेको मानिस अर्को पार्टीको घरमा नजाने, अर्को अर्कोकोमा नजाने परिदृश्य देखिँदै थियो । आफन्तमै राजनीतिक द्वन्द्वका कारण, आवतजावत र पानी बाराबारको स्थितिसमेत बनेको थियो । अर्को पार्टी भूमिगत भएर आफ्ना विविध प्रकारका गतिविधि चलाउँदै थियो ।

जनताहरू प्रजातन्त्र आयो भनेर ढुक्क हुने स्थितिको लगभग अन्त्य भएको थियो । कतिबेला कहाँ को मर्छ र मारिन्छ जस्तो थियो । यही अवस्थामा साहित्यकारहरूले पनि पूर्ण रूपमा खुलेर लेख्न सकेका थिएनन् । घर–परिवार, मामाघर, आफन्त, इष्टमित्र सबैका सबैमा राजनीतिले, पार्टीले, परिस्थितिले कतै दुश्मनकै सङ्केतसमेत दिन थालेको स्थिति थियो । शङ्का–उपशङ्का र निराशाले घेरिएको नेपाली जनमानसमा फेरि २०६२–६३ सालमा ठूलो आशा र उत्साह थपियो । केही समम शासनसत्ताले अर्कै रूप लियो । लेखकहरूमाथि दमन भए पनि उनीहरू सङ्घर्ष गर्न छाडेनन्, लेखे, लेखिरहे ।

राजनीतिक पार्टीका नेताहरूले पनि साहित्यकै मूलतः कविताकै माध्यमबाट पनि अनेक प्रकारका भाषण गरे, अहिले पनि गरेको पाइन्छ । देशको राजनीतिमा जब फेरि बदलिँदो परिस्थिति आयो तब शक्ति, सत्ता र शासनका निम्ति विभिन्न खेलहरू बने । विविध उतारचढाव हुँदै संविधान जारी भयो । संविधान नबनेसम्म पनि कवि–लेखकहरूले व्यंग्यवाण हाने, हानिरहे । माघ ८ गते संविधान बन्ने मिति तोकिए पनि त्यस मितिमा नबनेपछि लेखकहरूले खबरदारी र व्यंग्य गर्दै लख्न पछि परेनन् ।यसरी विविध क्षेत्रबाट अनेक विधाबाट कवि–लेखकहरूले खबरदारी गरेपछि संविधान जारी भयो । त्यसपछि पनि सत्ताकै खेलमा अरू सानातिना र बाहेक पारिएका पार्टीलाई समेत कहिले कुन पार्टीले त कहिले कुन पार्टीले अँगालो मारेर अगाडि बढाउने काम गरे ।

यस्तै राजनैतिक परिदृश्यले गर्दा समाजका सबै क्षेत्रमा राजनीतिले पूर्ण रूपमा पकड जमायो । यसको असर पार्टीगत भागबन्डा र नियुक्ति समेतमा प¥यो । राजनीतिको अलौकिक शक्तिका कारण शिक्षक, प्राध्यापक, कर्मचारी तथा अन्य साहित्यिक सामाजिक क्षेत्रमा पनि यसले विस्तार पायो ।कुनै पनि सरकारी कलेजमा कुनै विषयको दक्ष र योग्य प्राध्यापक भएर पनि त्यसलाई फलानो विषयमा दख्खल राख्ने व्यक्ति नभनेर हाम्रो र त्यो वा यो पार्टीको विशिष्ट प्राध्यापक भन्न थालियो । कुनै व्यक्ति योग्य भए पनि कुनै जिम्मेवार पदमा नियुक्त हुँदा पार्टीको ट्याग लगाएर गरेको भन्ने समाचार यत्रतत्र सर्वत्र पैmलिन थाल्यो । प्राध्यापन पेसामा समर्पित भएर अध्ययन–अध्यापनलाई दु्रत गतिमा अगाडि बढाएका प्राध्यापकहरूमा समेत ‘जुसे प्राध्यापक’, ‘झन्डे प्राध्यापक’ भनेर विभिन्न मिथ्या आरोपहरू लाग्न थाले । यसले गर्दा प्राज्ञिक क्षेत्रमा ठूलो प्रहार भयो ।

कुनै व्यक्ति योग्य भए पनि कुनै जिम्मेवार पदमा नियुक्त हुँदा पार्टीको ट्याग लगाएर गरेको भन्ने समाचार यत्रतत्र सर्वत्र फैलिन थाल्यो । प्राध्यापन पेसामा समर्पित भएर अध्ययन–अध्यापनलाई दु्रत गतिमा अगाडि बढाएका प्राध्यापकहरूमा समेत ‘जुसे प्राध्यापक’, ‘झन्डे प्राध्यापक’ भनेर विभिन्न मिथ्या आरोपहरू लाग्न थाले । यसले गर्दा प्राज्ञिक क्षेत्रमा ठूलो प्रहार भयो।

यस्तै गरी साहित्यिक क्षेत्रमा विभिन्न प्रतिष्ठानहरूमा पनि राजनीतिक भागबन्डाले अड्डा जमायो । फलस्वरूप जुनजुन क्षेत्रमा जस्तो प्रकारको महत्ता र गरिमा थियो, त्यो धूलोमा मिल्न थाल्यो ।पुरस्कारहरू पनि पार्टी, पद, पैसा र प्रतिष्ठाभित्रकै व्यक्तिलाई सिफारिश गरेर दिइन्छ भन्ने हल्ला धुँवाभैmँ पैmलियो । यसप्रकारको लोभ, लालच र आकाङ्क्षा बढेपछि वास्तविक योगदान दिनेहरू बाहिरको बाहिरै परे ।

यी र यस्तै विविध सन्दर्भका विषय सन्दर्भ र समस्याहरूलाई केन्द्रमा राखेर मनमोहक साहित्य रचना गर्नुपर्ने अहिलेको अवस्था रहेको छ ।अझ पछिल्लो चरणमा आएर सर्वेक्षण गर्ने हो भने सामान्य जनताहरू झन् बढी रनभूल्लमा परे । एउटा चुनावमा एउटा पार्टी र अर्को पार्टी बीचको तालमेल अनि फेरि अर्को चुनावमा फेरि अर्कैअर्कै पार्टीबीच तालमेल भएको पाइन्छ । यस्तो एक–अर्काबीचको पूर्ण विपरीत पार्टी बीचको चुनावी तालमेलले अन्यमनस्क र अन्योलग्रस्त द्वन्द्वमय स्थितिमा परेका सर्वसाधारण जनताको मनोदशा वास्तवमा साहित्यको गतिलो खुराक बनेको छ ।के हो ? के हो ? र के होइन ? के होइन ? भन्ने वास्तविकता समेत नबुभ्ने यो राजनैतिक परिदृश्यलार्ई प्रस्तुत गरेर अबका दिनमा लेखकहरूले साहित्य सिर्जना गर्नुपर्ने बाँकी विषय छताछुल्ल पोखिएको छ ।

यसरी राजनैतिक आस्था, विश्वास, उग्रता, क्षमता, दक्षता र एकाग्रताबाटै हरेक क्षेत्रमा नियुक्ति हुने, बढुवा हुने, भागबन्डा गर्ने गरिएको कुरा साँच्चै वास्तविक नै हो भने किन शिक्षकहरूले, प्राध्यापकहरूले, कर्मचारीहरूले वा अन्य कुनै वाद र वादीहरूले आफ्नो पद र पेसाभन्दा राजनीतिप्रति ज्यादा झुकाव राखेर राजनीतिक गरे भनी फलाक्नु र ? होइन भने अहिलेको परिपाटी नै राम्रो छ, यस्तै गर्नुपर्छ भन्ने हो भने फेरि किन यसो उसो, दायाबायाँ गर्नुपर्यो र ?हरेक क्षेत्रका मानिसले तत्तद स्थानमा भाषण गर्दा आदर्शवादी भएर गर्ने अनि व्यवहारमा त्यसको ठीक उल्टो गर्ने चिन्तन र चरित्रको द्वन्द्वमा थलिएको मानसिकता पनि आजको साहित्यमा समेटिन बाँकी साझा समस्या नै रहेको हो भन्ने तर्क गर्न सकिँदैन र?

 

प्रकाशित: ५ जेष्ठ २०७५ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App