६ वैशाख २०८१ बिहीबार
अन्य

आत्मस्वरूप निरूपण– ९

गहना धेर छन् जस्तो सुन ता तर एक छ ।
उपाधिले धेर तर आत्मा आखिर एक छ ।।

शरीरमा अङ्ग जस्तो माटोमा घट दीप झैँ ।
नाना स्वरूप देखिन्छ एक अद्वैत ब्रह्म नै ।।

यौटै आकृतिको छाया घिउ ऐना र नीरमा ।
भिन्दा भिन्दै देखिए झैँ आत्मा पनि पदार्थमा ।।
देखिन्छ धेरै तर त्यो छैन नाना कुनै यहाँ ।।

धुवाँ धुलो मेघद्वारा जसरी नभ बन्दछ ।
धमिलो त्यसरी आत्मा आफू शुद्ध सदैव छ ।।
तथापि गुणको स्पर्श पाई विकृत बन्दछ ।

आगोको साथ पाएर फलाम अग्नि बन्दछ ।
आत्माको साथ पाएर आत्मा बन्दछ इन्द्रिय ।

प्रकाशित: ५ जेष्ठ २०७५ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App