coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु

तस्विर : एजेन्सी

 क्युबा- क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।क्युवाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो ।

प्रत्यक्षदर्शीहरुका अनुसार उड्ने वित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो । विमानमा चालक दलका सदस्यसहित १ सय १० जना थिए । दुर्घटनामा घाइते भएका तीन जनाको उद्दार गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।क्यूबाका राष्ट्रपति मिगेल डियाजले  दुर्घटनामा ज्यान गुमाउनेहरुको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित: ५ जेष्ठ २०७५ ०२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App