६ वैशाख २०८१ बिहीबार
खेल

उदयपुर गोल्डकपः उपाधिका लागी थ्री स्टार र मनाङ भिड्दै

उदयपुर – उदयपुरमा जारी पाँचौं रमपम उदयपुर गोल्डकप प्रतियोगिताको फाइनल खेल शनिबार हुँदै छ। गत वैशाख २९ देखि सदरमुकाम गाईघाटस्थिट थरुहट–उदयपुर रंगशालामा सुरु भएको गोल्डकपको आज हुने फाइनलमा ए डिभिजनका दुई ठूला क्लव रुस्लान थ्री स्टार र मनाङबीच प्रतिस्पर्धा हुँदैछ। 

थ्री स्टारले सेमिफाइनलमा झापा ११ लाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने मनाङले सुनसरी ११ लाई ३–२ ले हराउँदै अन्तिम दुईमा प्रवेश गरेको हो।

अघिल्लो साता झापामा सम्पन्न दमक गोल्डकपमा पराजित हुनुपरेको बद्ला थ्री स्टारसँग मनाङले लिनुनै छ। दुवै टोलीमा राष्ट्रिय खेलाडीहरू रहेकाले फाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। 

उदयपुर फुटबल संघद्वारा आयोजित, रमपम चाउचाउ र त्रियुगा नगरपालिकाद्वारा प्रायोजित उदयपुर गोल्डकपले विजेताले ५ लाख नगद र ट्रफि तथा उपविजेताले ३ लाख हात पार्ने छ। 

प्रकाशित: ५ जेष्ठ २०७५ ०५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App