४ वैशाख २०८१ मंगलबार
समाज

ट्याक्टरमा च्यापिएर एक मजदुरको मृत्यु

महोत्तरी – महोत्तरीको सोनमामा सडक निर्माण कार्यमा कार्यरत एक मजदुरको मृत्यु भएको छ। 

सोनमा गाउँपालिका– १ मा नवनिर्मित ग्रामीणस्तरको सडक निर्माणको क्रममा कार्यरत स्थानीय १८ वर्षीय कुशेश्वर मण्डलको शुक्रबार बिहान ट्याक्टरमा च्याँपिदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। 

सडक निर्माणको क्रममा माटो भर्ने कार्यमा खटिएको ज १ त ९२२६ नं ट्याक्टरले सडक निर्माणमा कार्यरत मजदुर मण्डललाई च्याप्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए। 

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। घटनापश्चात ट्याक्टरका चालक फरार रहेका छन्। 

प्रकाशित: ५ जेष्ठ २०७५ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App