८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कर्नाटकमा ढल्यो भाजपाको सरकार, ५५ घण्टामै येदियुरप्पाले दिए राजीनामा

नयाँ दिल्ली– भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टीको सरकार ढलेको छ। यहाँ भाजपाबाट मुख्यमन्त्री बनेका बीएस येदियुरप्पाले पद तथा गोपनियताको सपथ लिएको ५५ घण्टामै राजीनामा दिएका छन्।  

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार संसद बैठक सुरु हुने वित्तिकै येदियुरप्पाले १५ मिनेट सम्बोधन गरेर राजीनामा घोषणा गरेका थिए।

५ दिनअघि (१५ मे) मा विधानसभा निर्वाचनको नतिजा सार्वजनिक भएसँगै सत्तारुढ भाजपाले बहुमत नपुगेपछि सबैभन्दा ठूलो दल बन्दै कर्नाटकमा सरकार बनाएको थियो। २ सय २२ सीटको उक्त निर्वाचनमा भाजपाले १०४, कांग्रेसले ७८, जेडिएसले ३८ तथा अन्यले २ सीटमा विजय हासिल गरेका थिए। 

सामान्य बहुमतका लागि ८ सीट कम पुग्दा पुग्दै कर्नाटकका राज्यपालले येदियुरप्पालाई मुख्यमन्त्रीको सपथ खुवाएका थिए। साथसाथै १५ दिनभित्र विधानसभामा बहुमत सावित गर्न समय दिएका थिए। तर, येदियुरप्पाले आफ्नो शक्ति परीक्षण नगरिकनै राजीनामा दिएका छन्।

प्रकाशित: ५ जेष्ठ २०७५ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App