८ वैशाख २०८१ शनिबार
खेल

आइपीएल : बेंग्लोर राजस्थानसँग ३० रनले पराजित

जयपुर– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले रोयल च्यालेञ्जर्स बेंग्लोरलाई ३० रनले पराजित गरेको छ। 

घरेलु मैदान सवाई मानसिंह स्टेडियम जयपुरमा टस जितेर पहिले व्याटिङ्ग गर्दै १६४ रनको योगफल तयार पारेको राजस्थानले १९.२ ओभरमै बेंग्लोरलाई १३४ रनमा अलआउट गर्यो।

बेंग्लोरका लागि एबी डिभिलियर्सले ७ चौकासहित ५३ रन बनाए। पार्थिब पटेलले ३ चौका र २ छक्कासहित ३३ रन जोडे। टिम साउदीले १४ रन बनाउँदा कप्तान विराट कोहली मात्र ४ रनमा आउट भए।

बलिङतर्फ श्रेयस गोपालले ४ विकेट लिए। बेन लुगलिनले २ विकेट लिए।

यसअघि टस जितेर घरेलु मैदानमा पहिले व्याटिङ्ग गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनायो।

राजस्थानका लागि राहुल त्रिपाठीले नटआउट ८० रन बनाए। ५८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे।

कप्तान अजिक्य रहाणेले ३ चौकासहित ३३ र हेनरिच क्लासेनले ३ चौका र १ छक्कासहित ३२ रन जोडे।

बलिङतर्फ उमेश यादवले ३ तथा मोहम्मद सिराजले १ विकेट लिए।

प्रकाशित: ५ जेष्ठ २०७५ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App