७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस जिल्ला सभापतिको भेला जेठ २७ मा

काठमाडौं – नेपाली कांग्रेसले जेठ २७ देखि जिल्ला सभापतिको भेला गर्ने भएको छ । वैशाख १६ गते सम्पन्न केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसले २७ देखि २९ सम्म सभापतिको भेला काठमाडौं वा मकवानपुरमा गर्न लागेको हो।

पार्टी प्रवश्वप्रकाश शर्माले जिल्ला सभापति र महासमिति बैठकको मिति र स्थान छिट्टै टुंगो लाग्ने बताए । ‘पार्टी पदाधिकारी आन्तरिक छलफलमा जुटिरहनु भएकोछ,’ उनले भने, ‘केही दिनभित्रै मिति र स्थान टुंगो लाग्छ।’

पार्टीले जिल्ला सभापतिकोे भेला बोलारीसँगै सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल निकट सभापतिहरू आन्तरिक छलफल र तयारीमा जुट्न थालेका छन् । सामुहिक र गुटगत स्वार्थका आधारमा दुवै पक्षका जिल्ला सभापति विधान संशोधनसहितका विषयमा छलफलमा जुटेका छन् । गुटगत स्वार्थ र पार्टीलाई समग्ररूपमा अघि बढाउने गरी सामूहिक प्रस्ताव लैजान उनीहरू प्रदेश तहमै छलफलमा जुटेका छन् । प्रदेश पाँचले आइतबारका लागि भेला बोलाइसकेको छ भने अन्य प्रदेशका सभापति पनि सोहीअनुसारको तयारीमा जुटेका छन्।

प्रदेश पाँचको जिल्ला सभापतिहरुको भेला आइतबार लुम्बिनीमा बोलाएका छन् । ‘पार्टी संगठन, अगामी जिल्ला सभापति र महासमिति बैठकमा उठाउने मुद्दाका विषयमा छलफल गर्न लागेका हौ,’ कपिलवस्तु सभापति सुरेन्द्रराज आचार्यले भने, ‘जेठ २७ गतेबाट जिल्ला सभापतिको राष्ट्रिय भेला हुने भएकाले प्रदेशका सामुहिक समस्या पहिचाहना गर्न खोजेका हाैं । त्यसका लागि भेला बोलाएका छौँ।’

२ सय ४० निर्वाचन क्षेत्रबाट १ सय ६५मा खुम्चदाँ काम गर्न समेत कठिनाइ हुँदै गएको बताउँदै आएका जिल्ला सभापतिले आगामी भेलामा क्षेत्रीय समिति समायोजनको विषय उठाउने छन् । ‘अहिलको केही संरचनाका कारण काम गर्न कठिनाइ भइरहेको छ,’ आर्चायले भने, ‘त्यसलाई व्यवस्थापन गर्नु पर्नेछ । विधानअनुसार प्रदेश समिति पनि गठन गर्नु आवश्यक छ । त्यस विषयमा पनि छलफल हुन्छ।’

कांग्रेसले जिल्ला सभापति वा महासमिति बैठक अघि नै प्रदेश कार्यसमिति गठन गर्ने आन्तरिक तयारी सुरु गरेको छ । प्रदेश समिति गठन गर्ने तयारीसँगै दुवै पक्षले एकदेखि सात प्रदेशसम्म आआफ्नो अवस्थाको आकलनमा जुटेका छन् । निकट जिल्ला सभापति र नेताहरूसँग दुवै पक्षले आआफ्नो अवस्थाको विवरण माग्न सुरु गरेका छन् । त्यसका लागि निकट नेताहरुको भेला र परिचालन मात्र होइन जिल्ला सभापति र महासमिति बैठकमा दुवै पक्षले आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउन तलैदेखि आन्तरिक छलफल अघि बढाएका छन्।

पार्टी पदाधिकारी मनोनयनसँगै सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच सम्बन्ध चिसिएपछि विधान संशोधन मस्यौदा समितिसमेत गठन हुन सकेको छैन । वैशाख १६ गते सम्पन्न केन्द्रीय समिति बैठकले नयाँ संविधानको व्यवस्थाअनुसार स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनर्संरचनाका लागि पार्टी विधान संशोधन गरी समय अनुकुल बनाउने निर्णय गरेपनि अहिलेसम्म समिति गठन हुनसकेको छैन।

आन्तरिक किचलोका कारण कांग्रेसले अझै संगठन सुदृढीकरणका लागि कार्यक्रम तयगर्न सकेको छैन । उसले संघीय संसद, प्रदेश र स्थानीय तहदेखि सबै तहका पार्टी नेता तथा कार्यकर्ता परिचालनका लागि कांग्रेसले एकीकृत राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म उसले आन्तरिक छलफलसमेत सुरु गरेको छैन । तत्कालीन नेपाल लोकतान्त्रिक फोरममा सक्रिय सबैलाई पार्टी क्रियाशील सदस्यता प्रदान गर्दै एक महिनाभित्र समायोजन गर्ने निर्णय कार्यान्वयन गर्न पार्टीले अझै तदारुकता देखाएको छैन।

पार्टी प्रवक्ता शर्माले केन्द्रीय समितिको निर्देशनअनुसारका कार्यक्रम सार्वजनिक हुने दाबी गरे । ‘सबै पक्ष र समुदायलाई समेटेर विधान मस्यौदा समिति गठन हुन्छ,’ शर्माले भने, ‘संगठन सुदृढीकरणका लागि प्याकेजमै कार्यक्रम आउँछ।’

प्रकाशित: ६ जेष्ठ २०७५ ००:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App