coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कोलकाता नाइट राइडर्स आइपीएलकाे प्ले अफमा

हैदरावाद– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको छ।

प्रतियोगिताअन्तर्गत शनिबार राति घरेलु मैदान राजीव गान्धी इन्टरनेशनल स्टेडियममा भएको खेलमा शीर्ष स्थानको हैदरावादलाई कोलकाताले हराएको हो।

हैदरावादले दिएको १ सय ७३ रनको लक्ष्य कोलकाताले खेल सकिन २ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो। कोलकातालाई जिताउन क्रिस लिनले ५५, रबिन उथप्पाले ४५, सुनिल नारीनले २९ र दिनेश कार्तिकले २६ रनको योगदान दिए। हैदरावादका लागि सिद्धार्थ कौल र कार्लोस ब्राथवेटले दुई–दुई तथा सकिब अल हसनले एक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो। हैदरावादका लागि शिखर धवनले ५०, कप्तान केन विलम्सनल ३६, श्रीवत्स गोस्वामीले ३५, मनीष पाण्डे २५ र सकिब अल हसनले १० रन जोडे। बलिङतर्फ कोलकाताका प्रसिद कृष्णाले ४ तथा आन्द्रे रुसेल, सुनील नारीन, कुलदील यादव र जेभोन सीयरलेसले समान १–१ विकेट लिए।

जितसँगै कोलकाता नाइट राइडर्स आइपीएलको प्ले अफका लागि छनोट भएको छ। हैराबादलाई हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको हो। सनराइजर्स र चेन्नई सुपर किङ्स यसअघि नै प्ले अफ पुगिसकेका छन्। प्ले अफ पुग्ने अब एउटा टोलीको टुंगो लाग्न बाँकी छ।

आज हुने मुम्बई र दिल्लीको खेलमा मुम्बई बिजयी भए प्ले अफमा पुग्ने छ। मुम्बईको १३ खेलमा १२ अंक छ। १४ खेलबाट १४ अंक जोडेको राजस्थान रोयल्स चौंथो स्थानमा छ। आजको खेलमा मुम्बई विजयी भए राजस्थानलाई नेट रनरेटमा पछि पार्दै शीर्ष चारमा अटाउनेछ। मुम्बईसँग समान १२–१२ अंक भएका बेंग्लोर र पञ्जाव छैटौं र ७ औं स्थानमा छन्।

मुम्बई र दिल्लीको खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बाट सुरु हुनेछ। त्यस्तै आजै हुने दोस्रो खेलमा राति ८ः१५ मा चेन्नई सुपर किंग्स र किंग्स इलाभेन पञ्जाव भिड्नेछन्।

प्रकाशित: ६ जेष्ठ २०७५ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App