८ वैशाख २०८१ शनिबार
खेल

थ्री स्टार र न्यु डायमन्ड सेमिफाइनलमा

काठमाडौं – थ्री स्टार एकेडेमी र शिवम् न्यु डायमन्ड एकेडेमी प्रथम चन्द्रागिरि उपमेयर कप विद्यालयस्तरीय खुला छात्र भलिबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेका छन्।

चन्द्रागिरि नगरपालिकास्थित न्यु डायमन्ड एकेडेमीको कोर्टमा शनिबार आयोजक शिवम् न्यु डायमन्डले कन्या मन्दिरलाई २५–११, २५–४ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउँदा अर्को खेलमा थ्री स्टार एकेडेमीले सेन्ट डेबिजमाथि २१–२५, २५–२१, २५–११ को जित हात पार्दै अन्तिम चारमा स्थान बनाएको हो।

यस्तै, शनिबारै सम्पन्न अन्य क्वार्टरफाइनलमा विजेश्वरी ज्ञानमन्दिरले ज्ञानसुदा एकेडेमीलाई २५–१०, २५–१२ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउँदा पारामाउन्ट इङ्लिस स्कुलले स्प्रिङडेल इङ्लिस स्कुललाई २५–८, २५–१६ को सोझो सेटमा स्तब्ध बनायो।

जेठ ८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ४५ दोस्रोले २५, तेस्रोले १५ र चौथोले १० हजार रुपैयाँ हात पार्नेछन्।

साथै, प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी र व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर र सेटर पनि नगदसहित पुरस्कृत हुनेछन्।

प्रकाशित: ६ जेष्ठ २०७५ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App