१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खेलाडीलाई उपचारमा सहुलियत

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप), दीर्घायु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टर, र दृष्टि आईकेयर सिस्टबीच सम्पूर्ण खेलाडी र खेलाडीका परिवार, राखेप कर्मचारी र परिवार, खेल पत्रकार र पत्रकार परिवार, खेल पदाधिकारी र परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा शनिबार सम्झौता भएको छ।

सहुलियत दरमा स्वास्थ सेवा उपलब्ध गराउन शनिबार राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, दीर्घायुका प्रबन्ध निर्देशक सुरज बलाय श्रेष्ठ र दृष्टिका कार्यकारी निर्देशक डा. भाइराजा श्रेष्ठले छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौतामा राखेपले आयोजना गर्ने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा दीर्घायु आधिकारिक हस्पिटल पार्टनरका रूपमा आबद्ध भई आवश्यकतानुसार स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेछ । साथै, खेलाडी, प्रशिक्षक, खेलकर्मी, कर्मचारी, खेलपत्रकारलाई आवश्यक स्वास्थ्य उपचारका लागि राखेपको सिफारिसमा सहुलियत प्रदान गर्ने सहमति भएको हो।

प्रकाशित: ६ जेष्ठ २०७५ ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App