१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लाङटाङ म्याराथनमा भाट र राई प्रथम

रसुवा – शनिबार सञ्चालन गरिएको ‘तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन’ को पुरुषतर्फको उपाधि नेपाली सेनाका खेग्न्द्रबहादुर भाटले हात पारेका छन्।

म्याराथनको पुरुषतर्फ निर्धारित दूरी तीन घण्टा ४९ मिनेट २७ सेकेन्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबका भाट प्रथम भएका हुन् । चार घण्टा ६ मिनेट १८ सेकेन्डमा दूरी पार गर्दै आर्मीकै भरत खत्री दोस्रो र चार घण्टा ७ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्दै सुवास कार्की तेस्रो भए।

महिलातर्फ चार घण्टा ५७ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै निर्कला कुलुङ राई पहिलो, पाँच घण्टा २६ मिनेट १९ सेकेन्डमा दूरी पार गर्दै पूर्णिमाया राई दोस्रो र पाँच घण्टा ५२ मिनेट २० सेकेन्डमा दूरी पार गर्ने त्रिभुवन आर्मी क्लबकी सरिता बासी तेस्रो भएका छन् । म्याराथनमा पहिलो हुनेले एक लाख पाँच हजार, दोस्रोले ७८ हजार ७ सय ५० र तेस्रोले ५२ हजार ५ सय रुपियाँसहित पदक र प्रमाणपत्र पाएका छन्।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अनुसार म्यराथनमा ५३ जनाले भाग लिएका थिए । ‘दीर्घकालीन पर्यटनका लागि साहसिक खेल’ भन्ने मूल नारासहित टानले रसुवामा २०७३ सालदेखि म्याराथन आयोजना गर्दै आएको छ।

भूकम्पका कारण क्षति भएका पर्यटकीय क्षेत्र सुरक्षित रहेको सन्देश विश्वसामु पु¥याउनका लागि प्रतियोगिता आयोजना गरिएको टानले जनाएको छ । २०७३ सालमा गोसाइँकुण्डदेखि धुन्चेसम्म हाफ म्याराथनको आयोजना गरेको टानले गत वर्ष क्यानजिनदेखि स्याफ्रुबेँसीसम्म म्याराथन सञ्चालन गरेको थियो।

प्रकाशित: ६ जेष्ठ २०७५ ०२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App