८ वैशाख २०८१ शनिबार
कला

‘सुनकेसरी’सँग ‘कोशेली’

काठमाडौं – गत वर्षको पौष ७ रिलिज मिति तोकिएर पनि रिलिज नभएको फिल्म ‘कोशेली’ आगामी साता अर्थात जेठ ११ गते रिलिज हुने भएको छ । यो मितिमा अभिनेत्री ऋचा शर्मा निर्मित फिल्म ‘सुनकेशरी’ पनि रिलिज हुँदैछ।

मनोज खत्रीको लेखन तथा निर्देशन रहेको फिल्मले प्रेम, द्वन्द्व, विछोडको कथा बोल्नेछ । ‘फिल्मको प्राविधिक कामसक्न समय लागेकाले हामी पुषबाट जेठमा पुगेका हौं । फिल्मले अहिलेको पुस्ताको प्रेमकथालाई समेट्ने भएकाले दर्शकले मनपराउनु हुनेमा आशावादी छौं,’ उनले भने।

भोले बाबा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा उमादेवी खत्री प्रस्तुतकर्ता छिन् । फिल्ममा मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीको अभिनय छ।

फिल्ममा अभिषेक पौडेलको सम्पादन, सत्यम राना र सुदीप आचार्यको भीएफएक्स, कृष्ण कोइरालाको प्रोडक्सन, विकास चौधरीको संगीत, देव महर्जनको द्वन्द्व, दिनेश लिम्बुको कोरियोग्राफी र रवि कोइरालाको छायांकन छ।

प्रकाशित: ६ जेष्ठ २०७५ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App