७ वैशाख २०८१ शुक्रबार
अर्थ

नोभेम्बर ब्रान्ड दरबारमार्गमा

काठमाडाैं – अभिनेता प्रदीप खड्का पछिल्ला दुई फिल्म ‘प्रेमगीत २’ र ‘लिलीबिली’मा ‘नोभेम्बर’ ब्रान्डको टिर्सटमा देखिए । भित्र टिसर्ट र बाहिर ज्याकेट लगाए पनि उनले ‘नोभेम्बर’लाई लुकाउन सकेनन् । उनी ‘नोभेम्बर’को ब्रान्ड एम्बासेडर पनि हुन्।

‘म नेपाली भएकाले मेरो पहिलो रोजाइ पनि नेपाली उत्पादन नै हुन्छ । अन्तर्राष्ट्रिय गुणस्तरको नेपाली उत्पादन ‘नोभेम्बर’ गुणस्तरीय र राम्रो भएकाले पनि म योसँग जोडिएको हुँ,’ प्रदीपले दरबारमार्गस्थित नोभेम्बर जिन्स नेपालको नयाँ सोरुमको शुभारम्भ गर्दै भने, ‘नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भनेर म यसको ब्रान्ड एम्बेसडरमा आबद्ध भएको हुँ।’

‘मैले ‘प्रेमगीत २’ र ‘लिली बिली’मा ‘नोभेम्बर’कै फेसन लगाएँ । यो नेपाली ब्रान्डले मेरो मन जितेकाले पनि योसँग जोडिन पाउँदा गर्व लागेको छ,’ उनले भने, ‘नोभेम्बर जस्तो नेपाली ब्रान्डलाई हामीले प्रयोग गरेमा मुलुकको उत्पादन सफल र फेसनमा आत्मनिर्भर हुनेछौं।’

नोभेम्बर जिन्सका केदार न्यौपानेले फिल्म क्षेत्रका लागि नोभेम्बरमार्फत केही गर्न पाउँदा खुसी लागेको बताए । ‘मुलुकका सबै स्टोरमा एउटै मूल्यमा पाइने र नेपालीको बजेटअनुसार तयार गरिएको अन्तर्राष्ट्रिय स्तरको यो ब्रान्ड नेपालसँगै भारतमा पनि बिक्री हुँदै आएको छ,’ उनले भने । न्यौपानेका अनुसार पुरुषका लागि सबै प्रकारका फेसन नेपालमै उत्पादन गरेर मुलुकका १ सय ३० वटा स्टोरबाट पाँच वर्षदेखि बिक्री हुँदै आएको छ।

प्रकाशित: ६ जेष्ठ २०७५ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App