coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हावाहुरीका कारण सालका रुखहरु नष्ट

हावाहुरीका कारण रेनादेवी छहरा गाउँपालिकाको सामुदायिक वन उपभोक्ता समितिमा ढलेका सालका रुखहरु। तस्वीरः मुक्ति/नागरिक

पाल्पा – हावाहुरीले जिल्लाका विभिन्न वनजंगल तथा तरकारी बालीमा क्षति पुगेको छ। वैशाख ३० गते राती वर्षासँगै आएको हावाहुरीले सालका रुखहरु र डालेघाँसमा असर परेको हो।

हावाहुरीका कारण जिल्लाको रैनादेवी छहरा गाउँपालिका–७, जोगदमारका झण्डै चार सय ५० सालका रुखहरु ढलेका हुन्। एक्कासी आएको हावाहुरी र पानीले जिल्लाको तरकारी र फलफूलमा समेत क्षति पु¥याएको छ। हावाहुरीकै कारण साल ढलेपछि सालझण्डी–सुँगुरेढुङ्गा मोटरबाटो समेत अवरुद्ध भएको छ।

लगातारको वर्षा र हुरीले जिल्लाको पूर्वी क्षेत्रको मकैबाली र पश्चिमी क्षेत्रको जंगलमा क्षति पुगेको छ। रैनादेवी छहरा–७ को पाखापानी सामुदायिक वन उपभोक्ता समितिको दुई सय नौ रुखहरु लडेको समूहका अध्यक्ष लिलबहादुर बगालेले बताए। उनी भन्छन्, ‘वनमा अत्यधिक मात्रामा सालका रुखहरु ढलेका छन्। केही भाँचिएका छन्। बाटो अवरुद्ध छ।’ जामुने सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भद्रबहादुर थामीले वनमा कम्तिमा दुई सय थान साल लडेको हुनसक्ने बताए। उनले इलाका वन कार्यालयको समन्वयमा वनका रुखहरु गणना भैरहेको र सो को व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाएको बताए।

जिल्ला वन कार्यालयका सूचना अधिकारी महम्मद अतिउल्लाहले बल्ढेङगढी इलाका क्षेत्रमा चार सय बढी साल, जामुन, असना र भलायोका रुखहरु हावाहुरीका कारण ढलेको बताए। ‘स्वीकृत कार्ययोजनाभन्दा बढी रुखहरु ढलेका छन्। यसका लागि जिल्ला दैविप्रकोप उद्दार समितिको बैठक बसी कार्यालय मार्फत् विभागमा जानकारी गराईने छ,’ उनले भने, ‘विभागको अनुमति अनुसार नियमानुसार कटान अनुमित हुनेछ।’ उनले ढलेका सालका रुखहरु गणना भइरहेको बताए।

धरैजसो क्षेत्रमा मकै खेतीमा पनि क्षती पुगेको बताइउको छ। यसले उत्पादनमा ठूलो असर पुग्ने कृषक बताउँछन्। ग्रामीण क्षेत्रमा किसानहरुले डाले घाँसको रुपमा प्रयोग गर्ने कुटमेरो, इपिलइपिल, बाँस, निवारोजस्ता घाँस हुरीका कारण नष्ट भएपछि पशुपालक कृषकलाई समस्या भएको छ। दिनदिनै जसो चलेको हुरीबतासका कारण जिल्लाको विद्युत समेत अवरुद्ध हुँदै आएको छ।

प्रकाशित: ६ जेष्ठ २०७५ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App