८ वैशाख २०८१ शनिबार
समाज

उपचारका लागि मन्त्री यादव थाइल्याण्ड जाँदै

काठमाडौं । उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ।

चिकित्सकको सल्लाहअनुसार उनलाई आज थाइल्याण्डको ब्रुमग्राड अस्पताल लैजान लागिएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए। आज अपराह्न १ः३० बजे उनी थाई एयरको जहाजबाट त्यसतर्फ जाँदै छन्।

लामो समयदेखि छालाको संक्रमण, टाउकाको समस्या तथा कम्मरमुनिको भाग नचल्ने भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो। नेकपाका अध्यक्ष पुष्पकमलले केही दिन पहिले उनलाई भेटी सम्भव भएसम्म स्वदेश र नभए विदेशमा उपचारको प्रबन्ध गरिने बताएका थिए। रासस

प्रकाशित: ६ जेष्ठ २०७५ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App