coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भाइरलजन्य रोगको संक्रमण बढ्दो

उपक्षेत्रिय अस्पतालमा उपचार गराका लागि पुगेका सर्वसाधारण। तस्बिर : नागरिक

डडेल्धुरा – एक साता यता डडेल्धुरामा  भाइरलजन्य  रोगको संक्रमण बढेको छ।  बढ्दै गएको गर्मी र दुई साता यतादेखी प्राय दैनिक जसो भइरहेको वर्षातका कारण खानेपानी दुषित हुदै गएपछि भाइरल ज्वरोको संक्रमण बढेको हो।

डडेल्धुराको उपक्षेत्रीय अस्पताल, जोगबुढा अस्पताल लगाएतका विभिन्न स्वास्थ केन्द्रमा भाइरलजन्य रोगका विरामीको चाप बढेको छ। स्वास्थ्य संस्थाहरुमा अहिले बिरामीहरुको चाप दोब्बरले बढेको देखिन्छ। झाडापाखाला, रुघाखोकी, ज्वरो, टाइफाइट, एलर्जी,  लगायतका भाइरलजन्य रोगका बिरामीहरुको संख्या ह्वात्तै बढेको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकलसुपेरीटेन्डेण्ट डा. जितेन्द्र कँडेलले बताए।

विभिन्न रोगको संक्रमण बढीरहेकाले पानी अनिवार्यरुपमा उमालेर पिउन कँडेलले सुझाव दिँए। गर्मी बढेसँगै सदरमुकाम लगायतका क्षेत्रमा खानेपानीको अभाव चुलिएसँंगै सर्वसाधारणले प्रदुषित पानीको प्रयोग गर्ने गरेकाले विरामीको संख्या बढेको उनले बताए। काफल पाक्ने समय भएकाले धुलो बसेको काफल सिधै उपभोग गर्नाले पनि ज्वारोको संक्रमण फैलिएको उनको भनाई छ। 

वर्षासँगै आउने भल पानीका मुहानमा मिसिदा भाइरलजन्य रोगको संक्रमण बढेको हो। रोगको संक्रमणबाट बढी वालवालिका र बृद्ध–बृद्धा प्रभावित भएका छन्।

जिल्लाका ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा समेत भाइरलजन्य रोगका विरामीको चाप बढेको स्वास्थ्य संस्थाहरुले जनाएका छन्।

प्रकाशित: ६ जेष्ठ २०७५ ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App