coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अर्धनग्न अवस्थामा युवकको शव फेला

टीकापुर – टीकापुर नगरपालिका–३ शंकरपुरमा एक युवक मृत अवस्थामा भेटिएका छन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार बस्तीभन्दा टाढा बाँझो खेतमा युवकको शव भेटिएको छ।

मृतक युवकको सनाखत हुन नसकेको इप्रका टीकापुर डिएसपी शिवबहादुर सिँहले जानकारी दिए। प्रहरीका अनुसार उनी करिव २०/२२ वर्षका देखिन्छन्। उनले बाँझो खेतमा अर्धनग्न अवस्थामा युवकको शव भेटिएको बताए।

मृतक युवकको शरीरको अधिकांश भाग नग्न अवस्थामा छ। उनले दाहिने हातमा प्लाष्टिकको बाला, घाँटीमा माला, दाहिने कानमा कालो रंगको टप र बायाँ हातमा चाँदीको बाला लगाएका छन्।

मृतकको बाह्य शरीरमा कुनै किसिमको चोटपटक नभेटिएको प्रहरीले जानकारी दिएको छ। उनको नाकबाट रगत बगेको देखिन्छ। घटनास्थल भन्दा करिव १ सय मिटर टाढा मात्रै बस्ती रहेको छ।

प्रहरीले शव टीकापुर अस्पतालको शवगृहमा राखेको छ। घटनाका बारेमा अनुसन्धान भइरहेको डिएसपी सिँहले बताए। उनले सनाखत हुन नसकेका कारण अनुसन्धानमा समस्या भइरहेको जनाए।

प्रकाशित: ६ जेष्ठ २०७५ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App