coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वडा छुट्याउन तीन हजार हस्ताक्षरसहित ज्ञापनपत्र

मेयरलाई भेटेर ज्ञापनपत्र बुझाउँदै ललितपुरको महालक्ष्मी नगरपालिकाका स्थानीय ।

ललितपुर–महालक्ष्मी नगरपालिका–८ अन्तर्गत दक्षिणी क्षेत्रका स्थानीयले वडा छुट्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। आइतबार नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई भेटी तीन हजार हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको वडा छुट्याउने पहल गर्न गठित कमिटीका तर्फबाट संयोजक विवेककुमार कार्कीले बताए।

ज्ञापनपत्र बुझ्दै मेयर श्रेष्ठले जनताका जायज माग सम्बोधनका लागि विधि र नियमअनुसार आफू अगाडि बढ्ने जानकारी दिए। अलग वडा रहेको उक्त क्षेत्र स्थानीय निकाय पुर्नसंरचनाका क्रममा लुभुसँग गाभिएपछि स्थानीय असन्तुष्ट छन्।  
भौगोलिक र जनसंख्याका आधारमा संरचना नमिल्दा वडा नम्बर ८ सबैभन्दा ठूलो क्षेत्रफलसहितको बढी जनसंख्या र मतदाता रहेको क्षेत्र भएको छ।  वडा नम्बर ८ को दक्षिणी क्षेत्रले वडाको कुल भूभागको ५५ प्रतिशत र जनसंख्याको झन्डै ४० प्रतिशत ओगटेको छ। गत चुनावमा उक्त क्षेत्रमा २ हजार मतदाता रहेकोमा १३ सय मत खसेको थियो। वडा नम्बर ८ मा मात्र झन्डै ५ हजार मत खसेको थियो।

१० हजारभन्दा माथि जनसंख्या रहेको लुभु, शंखादेवी, चसिडोललगायतको क्षेत्र एउटामात्र वडा रहेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। असन्तुलित वडा विभाजनले लुभु दक्षिणतर्फको शंखादेवी र बिसनडोल क्षेत्रका जनता मर्कामा परेका संयोजक कार्कीले बताए। महालक्ष्मी नगरपालिकाभित्र एक हजार र तीन हजारभन्दा कम जनसंख्या रहेका क्षेत्र अलग वडा रहेकाले वडा छुट्ययाउने जनताको मागलाई कदर गर्नुपर्ने स्थानीयको माग छ।

प्रकाशित: ६ जेष्ठ २०७५ ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App