८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै सर्वोच्चमा रिट

कठमाडौं – प्रधानन्यायाधीश नियुक्तिका लागि तत्काल आदेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता सन्तोष भण्डारीले तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकास भएको दुई महिना बढी वितिसक्दा समेत संवैधानिक परिषद्ले प्रधानन्यायाधीस नियुक्तिको कुनै पहल नगरेको भन्दै आइतबार रिट दायर गरेका हुन्।

उक्त रिट निवेदनमा संघीय संसद्को सचिवालय, प्रधानमन्त्री, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, विपक्षीदलका नेता तथा प्रतिनिधि सभाको उपसभामुख समेतका नाममा परमआदेश जारी गर्न माग गरिएको छ।

सर्वोच्च अदालतले उक्त रिट दर्ता गरी मंगलबारको लागि प्रारम्भिक सुनुवाई तोकेको छ। संविधानको धारा २०८४ को उपधारा (३) बमोजिम प्रधानन्यायाधिको पद खाली भएको एक महिना भित्रमा नयाँ प्रधानन्यायाधिशको सिफारिस गर्नु पर्ने संवैधानिक व्यवस्था छ ।

यस अघि नै न्याय परिषद् सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष सेवा गरिसकेका कायम मुकायम प्रधानन्यायाधीश दिपकराज जोशी र न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ।

प्रकाशित: ६ जेष्ठ २०७५ १०:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App