१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दशौं ओभरमा सन्दिपले लगातार लिए मुम्बईको दुई विकेट

नयाँ दिल्ली– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सन्दिप लामिछानेले मुम्बई इण्डियन्सका तीन विकेट लिएका छन्।

सन्दिपले १० औं ओभरमा किरोन पोलार्डलाई र क्रुनाल पाण्ड्यालाई आउट गरेका हुन्। पोलार्ड ९.१ र क्रुनाल ९.४ ओभरमा आउट भए।

यसअघि सन्दिपले पहिलो ओभरमै मुम्बईका सूर्यकुमार यादवलाई आउट गरेका हुन्। 

नयाँदिल्लीको फिरोज शाह कोट्ला मैदानमा दिल्लीले दिएको १७५ रनको विजय लक्ष्यसहित मुम्बईले जवाफी व्याटिङ्ग गरिरहेको छ। आइपीएलको प्लेअफमा पुग्न मुम्बईले आजको खेल जित्नैपर्छ।

प्रकाशित: ६ जेष्ठ २०७५ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App