५ वैशाख २०८१ बुधबार
खेल

आइपीएल : तेस्रो खेलमा सन्दिपको सानदार प्रदर्शन, मुम्बईको ३ विकेट लिए

नयाँ दिल्ली– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले सानदार प्रदर्शन गरेका छन्।

सन्दिपले आइतबार नयाँ दिल्लीस्थित फिरोज शाह कोट्ला मैदानमा सम्पन्न दिल्ली डेयरडेभिल्स र मुम्बई इण्डियन्सको खेलमा दिल्लीका तर्फबाट मुम्बईका ३ विकेट झारेका हुन्। 

खेल सकिएपछि प्रतिक्रिया दिँदै दिल्लीका कप्तान श्रेयश ऐय्यरले आजको खेलमा सन्दिप लामिछानेले शानदार बलिङ गरेको बताए।

पहिलो ओभरको चौथो बलमा मुम्बईका सूर्यकुमार यादवलाई आउट गरेका सन्दिपले १० औं ओभरमा किरोन पोलार्डलाई र क्रुनाल पाण्ड्यालाई आउट गरे। पोलार्ड ९.१ र क्रुनाल ९.४ ओभरमा आउट भए। 

४ ओभर खेलेका सन्दिपले ३६ रन खर्चिए। 

खेल सकिएपछि प्रतिक्रिया दिँदै दिल्लीका कप्तान श्रेयश ऐय्यरले आजको खेलमा सन्दिप लामिछानेले शानदार बलिङ गरेको बताए।

यसअघि सन्दिपले विराट कोहलीको रोयल च्यालेञ्जर्स बेंग्लोर र महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्सको समान १–१ विकेट लिएका थिए।

२० लाख भारुमा दिल्ली डेयरडेभिल्ससँग आबद्ध भएका सन्दिपले यो सिजनको आइपीएलमा ३ खेल मात्रै खेल्न पाए।

प्रकाशित: ६ जेष्ठ २०७५ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App