१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपामा भीम रावल असन्तुष्ट

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावल एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका बेला भएको पदीय भागवण्डामा असन्तुष्टि जनाएका छन्। 

भागवण्डामा चित्त नबुझिएकै कारण रावल पार्टी एकीकरण समारोहमा उपस्थित नभएको उनीनिकट स्रोतको दाबी छ। 

रावलसँगै नेता झलनाथ खनाल पनि असन्तुष्ट छन्। उनले आइतबार सार्वजनिक रुपमै पदीय बाँडफाँड र रोलक्रममा आपत्ति जनाएका छन्।  

दुई दलको एकीकरण प्रक्रियामा रावल र खनालको योगदान रहेको छ। तर उनीहरु नै उपेक्षामा परेका हुन्। तत्कालिन एमालेमा उपाध्यक्षको भुमिकामा रहँदा पार्टीमा प्रतिपक्षी भुमिकामा देखिने र गलत कदमविरुद्ध प्रश्न उठाउने रावल एकीकृत पार्टीको सचिवालयभित्र समेत परेनन्। 

स्रोतका अनुसार दुवै पार्टीका बहालवाला महासचिव खाली गरेर एकीकृत पार्टीको महासचिव रावललाई बनाउने सहमति बनेको थियो। तर, सहमति कार्यान्वयन नभएपछि रावलले आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसंग छलफल गरेका छन्। उनले सोमबारसम्म आफ्नो विषयमा कुनै निर्णय नभए कडा कदम चाल्ने चेतावनी दिएको स्रोतको भनाई छ।

यता ओली निकट नेताहरुले भने रावललाई महासचिव बनाउने सहमति भएको विषयमा आफूहरुलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्। 

प्रकाशित: ६ जेष्ठ २०७५ १५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App