७ वैशाख २०८१ शुक्रबार
खेल

आइपीएल : चेन्नईविरुद्ध पञ्जाब १५३ रनमै अलआउट, प्लेअफ सम्भावना कमजोर

मुम्बई– एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको अन्तिम क्वालिफायर खेल खेलिरहेको किंग्स इलेभन पञ्जाबले चेन्नई सुपर किंग्ससामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा टस हारेर व्याटिङ्गकाे निम्तो पाएको पञ्जाब १९.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनमा समेटियो। प्लेअफमा प्रवेशकाे लक्ष्यसहित मैदानमा उत्रिएकाे पञ्जाबको व्याटिङ्ग चेन्नईविरुद्ध खराब रह्यो।

करुण नायरले २६ बलमा ३ चौका र ५ छक्कासहित ५४ रन, मनोज तिवारीले ३ चौका र १ छक्कासहित ३५ तथा डेभिड मिल्लर २४ र अक्षर पटेलले १४ रन बनाउनु बाहेक पञ्जाबका अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। आश गरिएका केएल राहुल ७ तथा क्रिश गेल शून्यमा आउट भए।  

बलिङतर्फ लुंगी नगिदीले पञ्जाबका ४ विकेट लिए।

याे स्काेरसँगै पञ्जाबकाे प्लेअफ सम्भावना कमजाेर बनेकाे छ। प्लेअफमा पुग्न पञ्जाबले चेन्नर्इलार्इ फराकिलाे अन्तरले पराजित गर्नपर्छ। यसाे नभए राजस्थान राेयल्स सिधै प्लेअफमा प्रवेश गर्नेछ। चेन्नर्इ यसअघि नै प्लेअफमा पुगिसकेकाे छ।

प्रकाशित: ६ जेष्ठ २०७५ १६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App