coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कर्णाली प्रिमियर लिग : आर्मी र काठमाडौंको पहिलो जित

सुर्खेत– कर्णाली प्रिमियर लिगमा त्रिभुवन आर्मी क्लब र काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरले पहिलो जित दर्ता गराएका छन्। आइतबार भएको खेलमा काठमाडौँले रोयल राइजिङ क्रिकेट क्लबलाई आठ रनले पराजित ग-यो।

टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो। ५ विकेटको क्षतिमा ३२ रन बनाएर खराब सुरुवात गरेको काठमाडौंका लागि बिपिन आचार्य र बिबेक रानामगरले छैटौं विकेटका लागि ७६ रनको साझेदारी गरेर टीमको स्कोर १०० रन पार गराएका थिए। बिपिनले ५७ रन तथा बिबेकले ४५ रनको इनिङ खेले।

रोयल राइजिङका प्रकाश जैशीले ३ तथा विवश गिरी र विजय बिष्टले समान २–२ विकेट हात पारे। जवाफी व्याटिङ थालेको रोयल राइजिङले आठ विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो। राइजिङका लागि ओपनिङ ब्यट्सम्यान प्रकाश जैशीले सर्वाधिक ५६ रन बनाए। ४७ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरे।

काठमाडौंका बलर आदील खानले सर्वाधिक ३ विकेट र संजय बस्नेतले २ विकेट हात पारे।

यस्तै अर्को खेलमा त्रिभुवन आर्मी क्लवले प्रतियोगितामा पहिलो जीत दर्ता गर्ने क्रममा महाकाली क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको महाकाली क्रिकेट क्लवले २० ओभरमा सात विकेट गुमाएर १२९ रन बनाएको थियो।

महाकालीका लागि कप्तान सुरेन्द्र चन्दले सर्वाधिक २९ रन बनाए भने दिपेन्द्र चन्द र प्रकाश सिंहले समान १९–१९ रन बनाए। किरन ठगुन्नाले १६ तथा नरेश बोहराले १३ रन योगदान दिए। आर्मीका बलर सुशन भारी, बिक्रम सोव र हरिकृष्ण झाले समान १–१ विकेट हात पारे।

१३० रनको लक्ष्य आर्मीले १९ ओभरमा ५ विकेट गुमाएर भेटायो। लक्ष्य पछ्याउने क्रममा ५५ रनमा पहिलो ५ विकेट गुमाएको त्रिभुवन आर्मी क्लबको लागि छैठौं विकेटको साझेदारीको रुपमा बिक्रम सोव र नरेश बुढायरले अविजित ७९ रनको साझेदारी गरेका थिए। बिक्रमले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे भने नरेशले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरे। महाकालीका बलर विकास आग्रीले ३ विकेट तथा रोबिन क्षेत्री र महेन्द्र ठगुन्नाले समान १–१ विकेट हात पारे।

व्याटिङ गर्दै त्रिभुवन आर्मी क्लबका खेलाडी । 

प्रकाशित: ६ जेष्ठ २०७५ १६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App