७ वैशाख २०८१ शुक्रबार
कला

ज्योतिमा कवितावाचन

काठमाडौं – ज्योति साहित्य प्रतिष्ठानको १ सय ४१ औं कविता वाचन श्रृंखला राजधानीमा सम्पन्न भएको छ । डा. रामदयाल राकेशको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महेशप्रसाद रिजाल, मुकुन्द न्यौपाने, राजबाबु श्रेष्ठ ‘सागर’, उषा आचार्य, पुष्पा धमला, रविन्द्र आशिष ‘शैली’, प्रकाश बस्नेत ‘गफाडी’, युवराज अधिकारी, जनार्दन अधिकारी ‘धड्कन’, निबन्ध आचार्य, उद्धवप्रसाद भट्टराईले मुक्तक वाचन गरे।

त्यस्तै, रुद्र अधिकारी, चन्द्रकला आचार्य, गंगा आचार्य, दिपक धमला, दिपक चौलागाईं, उषा शंकर, गुप्तबहादुर श्रेष्ठ, दिनेशविक्रम थापा, संगीता ठाकुर, दुर्गा तिवारी, विमला दाहालले पनि कविता र गजल वाचन गरेका थिए ।

प्रमुख अतिथि राकेशले नेपाली कविता विश्व कविताको स्तरमा पुगेको बताए । ‘हिन्दी र नेपाली साहित्यको तुलना गर्दा नेपाली भाषामा कविता धेरै लेखिएको छ । हाल अन्य भाषाका कवितासँग नेपाली कविताको तुलनात्मक अध्ययन पनि भइरहेको छ,’ उनले भने, ‘नेपाली कविता समीक्षा गर्ने प्रचलनमा समेत परिवर्तन आउनु र कविता विधाको विस्तार हुनु प्रशंसनीय छ ।’प्रतिष्ठानका मणिराज सिंहले प्रतिष्ठानले विभिन्न साहित्यिक गतिविधि गरिरहेको जानकारी दिँदै आगामी दिनमा अझ परिस्कृति रुपमा साहित्यको विकासमा जोड दिने बताए ।

 

प्रकाशित: ७ जेष्ठ २०७५ ०३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App