१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

लोक गायन प्रतियोगितामा पर्शुराम पहिलो

खुला लोकगीत गायन प्रतियोगितामा गीत प्रस्तुत गर्दै गायिका सिर्जना बर्देवा ।तस्बिर : दमन/ नागरिक

खोटाङ- खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित खुला लोकगीत गायन प्रतियोगीतामा पर्शुराम गजमेर प्रथम भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा शनिबार साँझ भएको प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका गजमेरले लोकगीत गायन प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका हुन् ।

दिक्तेलको समीक्षालय हलमा आयोजित कार्यक्रममा खार्मीकै वेदना राई दोश्रो, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका युवराज राई तेश्रो र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका हर्कबहादुर लोहारले चौथो स्थान हात पारे ।लोक गीत गायन प्रतियोगिताका विजेता प्रतिभालाई क्रमशः ११ हजार १सय ११, ५ हजार ५सय ५५, २ हजार ५सय २५ र २ हजार १ सय २१ रुपैयाँ प्रदान गरिएको छ । लोक तथा दोहोरी गीतको संरक्षण र संवर्द्धनका लागि लोकगीत गायन प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले जनाएको छ । प्रतियोगिताका विजेता गायक÷गायिकालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विणादेवी राई, नेता कुमार आचार्य र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका मानार्थ सदस्य धर्मराज पोखरेलले पुरस्कार प्रदान गरेका छन् ।

खुला लोकगीत गायन प्रतियोगितामा प्रथम र दोश्रो स्थान प्राप्त गर्ने प्रतिभाले केही समयपछि हुने प्रदेश स्तरिय लोक गीत गायन प्रतियोगितामा समेत सहभागी हुन पाउने प्रतिष्ठानले जनाएको छ । खुला लोक गीत गायन प्रतियोगितामा जिल्लाका १३ प्रतियोगीको सहभागिता रहेको थियो । कार्यक्रममा लोक गायिका राधिका हमाल, शिवसंगम राई, कृष्ण रोइले, दिपेन्द्र सिटौला, मित्र अधिकारी, हर्क गदाल, अर्जुन नेपाली, निशा कार्की, सिर्जना वर्देवा लगायतले मनोरञ्जन दिलाएका थिए ।

 

 

 

प्रकाशित: ७ जेष्ठ २०७५ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App