७ वैशाख २०८१ शुक्रबार
समाज

कर्मचारी नियुक्तिमा विवादित बन्दै कर्णाली प्रतिष्ठान

जुम्ला– पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्मचारी नियुक्ति प्रक्रियामा विवादित बन्दै गएको छ । कर्मचारी नियुक्तिमा आफन्तलाई प्राथमकिता दिने गरेको र प्रक्रिया पूरा नगरी मनपरी नियुक्ति गरेको आरोप प्रतिष्ठानमाथि लागेको छ । 

यसैबीच कर्मचारी राख्ने विषयमा अनियमितता बढ्न थालपछि नर्सिङ विद्यार्थीले बोन प्रक्रिया खारेज गर्न माग गरेका छन् । बोन प्रक्रियाअन्र्तगत प्रतिष्ठानले स्टाफनर्स अध्ययनरत पूर्ण छात्रवृत्ति पाएका नर्सिङ विद्यार्थीलाई अध्ययन सकिएपछि ३ वर्ष, आंशिक छात्रवृत्रिलाई २ वर्ष र आरक्षणलाई १ वर्ष करारमा काम गर्ने अवसर दिने भनिएको छ । बोन प्रक्रिया कार्यान्वयन नहुँदा दक्ष जनशक्तिको उपयोग हुन नसकेको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन् ।

बोन प्रक्रियाअन्र्तगत उनीहरुका शैक्षिक योग्यताका सबै प्रमाणपत्र धरौटीमा राखिएका हुन्छन् । प्रक्रिया खारेज गर्न माग गर्दै बिहीबारदेखि नर्सिङ विद्यार्थीले प्रतिष्ठानलाई दबाब दिइरहेका छन् । दबाबस्वरुप प्रतिष्ठानको प्रशासन शाखामा विद्यार्थीले तालाबन्दी गरेकोमा प्रतिष्ठानका कर्मचारी र प्रहरी मिलेर ताला खोलिदिएको थियो । 

प्रतिष्ठानले बोन प्रक्रियाअनुसार जागिरको व्यवस्था गर्नुपर्ने, कर्मचारी नियुक्तिमा आफ्नालाई नभइ राम्रालाई अवसर दिनुपर्ने माग विद्यार्थीले राखेका छन् । ‘बोन प्रक्रियाका नाममा अनियमितता मौलाएको छ,’ नर्सिङ विद्यार्थी अन्जना न्यौपानेले भनिन्, विभेदकारी बोन प्रक्रिया तत्काल खारेजको माग गर्दछौं ।’

प्रक्रिया अनुसार कवुलियतनामा बनाएर प्रतिष्ठानद्धारा विद्यार्थीलाई झुक्याउने काम भइरहेको बताउँदै उनले थपिन, ‘झुक्याएर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न मिल्दैन । यसको मुकाविला गर्न तत्पर हुनेछौं ।’ 

अध्ययनपछि बोन प्रक्रियाअनुसार करार स्टाफनर्स नियुक्ति भएको छैन । प्रक्रिया विपरित मात्रका क्रियाकलाप मात्रै भएका छन् । यो प्रक्रियाका नामा नर्सिङ विद्यार्थी मारमा गरेका छन् ।  गत वैशाख १४ गते प्रतिष्ठानले प्रकाशन गरेको सूचनाका आधारमा वैशाख ३१ गते लिएको लिखित परीक्षामा ६ जना करार स्टाफनर्स मात्र नियुक्ति गरिएपछि असफल उम्मेदवारले चर्को विरोध जनाएका हुन् ।  

उनीहरुले बोनका आधारमा सिधै आफूहरुलाई जागिर दिनुपर्ने माग गर्दै खुला विज्ञापनमार्फत् प्रतिस्पर्धा गराइएकोमा असन्तुष्ट व्यक्त गरेका छन् । प्रतिष्ठानबाट अध्ययन सकाएका ५ जना बोनको नर्सिङ विद्याथीमध्ये १ जना छात्राले मात्र नाम निकाल्न सफल भईन । सवै जिल्लावाहिर अध्यायन गरेकाले अवसर पाए  ।
.

 

प्रकाशित: ७ जेष्ठ २०७५ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App