८ वैशाख २०८१ शनिबार
अन्य

‘सहरवासीको मन कठोर छ’

रक्षा श्रेष्ठ, हाँस्य कलाकार
तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई मनपर्ने सहर पोखरा हो । प्रकृतिले नै सजिएको सहर हो, पोखरा । यहाँ पर्यटकीय मार्गहरु पनि प्रसस्त छन् । हरियाली, फेवाताल, गुफा, शान्त वातावरणले धेरैको ध्यान पोखरामा पुग्छ । पोखराका गल्लीहरुमा रातीको समयमा घुम्न रमाइलो लाग्छ।  

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं मानिसकै कारणले बिग्रिएको सहर हो । यहाँ बस्नेहरुले आफूलाई मात्रै बनाउन लागे । कसैले पनि आफू बसेको सहरलाई सफा र सुन्दर बनाउनु पर्छ भनेर सोचेनन् । अर्को कुरा, सरकारमा बस्नेले पनि दुरदृष्टि राखेर सहरमा विकासका काम गर्न सकेनन् । नेताहरु खाली क्षणिक योजना र लोकप्रियता कमाउतिर लागे । असली देश र सहरको विकास गर्छु भनेर कर्ममा लाग्ने भएनन्।

उपत्यका भन्दा बाहिरका सहर कत्तिको घुम्नुभएको छ ?
नेपालका धेरै सहर घुमेकी छु । कार्यक्रमकै शीलशिलामा पोखरा, बुटवल, लुम्बिनी, विराटनगर, हेटौंडा लगायत सहर पुगेंँ।

कस्तो थिए ती सहर ?
साच्चै भन्नुपर्दा मलाई नेपालका सहर त्यति राम्रो लाग्दैनन्, किनभने यहाँका सहरमा भिडभाड अति नै छ । सहर प्रदुषित छन् । जता गएनी धुवाधुलोमात्रै देखिन्छ । अली मन परेको ठाउँ पोखरा र कालिञ्चोक हो ।

अहिलेसम्मलाई हेर्दा पोखरा ठिकै छ । यदी सरकारले बेलैमा नसोच्ने हो भने पोखरा पनि काठमाडौं जस्तै अस्तव्यस्त कंक्रिट सहर बन्न बेर छैन । अन्य सहरहरुमा पनि भिडभाड बढ्दै गएको छ । यसतर्फ सरकारले चासो दिन जरुरी छ ।

काठमाडौं अस्तव्यस्त हुनुको कारण के देख्नुहुन्छ ?
काठमाडौंका धेरै पक्ष राम्रा हुँदाहुँदै पनि यहाँका केही पक्ष सम्झँदै दिक्क लाग्छ । यहाँको हरेक चोक अस्तव्यस्त लाग्छन् । जता गयो मानिसको भिड मात्रै देखिन्छ । आराम गर्ने ठाउँहरुको भेटिन्न । सहर झन्झन अराजक र असुरक्षित बन्दै गएको छ । विकास निर्माणका काममा लार्पवाही भएको छ । मलाई त हामी सबैको कारणले सहर बिग्रिएको हो भन्ने लाग्छ । थालेका विकास निर्माणका कामले समयमै पूर्णता नपाउनुले पनि सहर बिग्रिएको हो ।

यहाँ स्थानीय तह पनि जिम्मेवार छैनन् । धुवाँधुलो रोकथाम, ट्राफिक जाम, सडक विस्तार  लगायत कामलाई केन्द्रमा राखेर काम गर्ने हो भने सहर सफा हुनसक्छ । सहरको विकास गर्ने जिम्मा पाएका निकायहरुको सोचमा विकास र परिवर्तन आउन जरुरी देखिन्छ।

तपाईको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
सहरका विशेषता र सहरका सुविधाहरु धेरै हुन्छन् । ती सबै सुविधा हाम्रा सहरमा बस्नेहरुलाई थाहा नहुन सक्छ । किनभने यहाँका सहरमा खास कुरा पाइन्न । मेरो सपनाको सहर सुविधायुक्त र सफा हुनुपर्छ । एकले अर्कालाई अवरोध गर्नुहुन्न । ठाउँ–ठाउँमा सुन्दर पार्क, आरामस्थल हुनुपर्छ ।

तर, हाम्रा सहरमा यी सुविधा छैनन् । सहरवासीले सास्तीमात्रै खेप्नुपरेको छ । त्यस्तै, सहरवासी सबैले एकैखाले अधिकार पाउनुपर्छ । राज्यका अवसरबाट कोही पनि बन्चित हुनु हुँदैन।

उपत्यकाको मनपर्ने पक्ष के हो ?
प्राकृतिक र साँस्कृतिक रुपमा उपत्यका अग्रणी स्थानमा छ । यहाँको मौसम पनि सदावहार छ । काठमाडौंले धेरैलाई अवसर दिएको छ । यहाँ हरेक सेवा–सुविधा छन् ।

उपत्यकाको अर्को राम्रो पक्ष भनेको यहाँका ऐतिहासिक मठ–मन्दिर पनि हुन् । म सानैदेखि काठमाडौं आएकी थिएँ । त्यतिबेला काठमाडौं अहिले भन्दा अलि राम्रो थियो । अहिले भिडभाड बढ्यो । यसलाई व्यवस्थित पार्नतर्फ कसैको नजर गएन।

यहाँको मननपर्ने पक्ष ?
यहाँका धेरै पक्षहरु राम्रो लाग्दैनन् । ट्राफिक जाम, अस्तव्यस्ता, प्रदुषण, धुवाँधुलोलगायत पक्ष सम्झँदा दिक्दार लाग्छ ।

सहर कस्तो हुनुपर्छ ?
म बस्ने सहर सुन्दर हौन् भन्ने लाग्छ । सहरमा कुनै पनि सेवा निललाई अतालिनु नपरोस् । हरेक नागरिकले आफ्ना नैसर्गीक अधिकार सहजै पाउन सकुन । म यस्तै सहरको कल्पना गर्छु।

सहरवासीको बानी व्यवहार कस्तो लाग्छ नि ?
सहरवासी धेरैमा मानवता हराएको छ । सबैले आफ्नो मात्रै सोच्छन् । अरुको बारेमा कसैले सोच्दैनन् । आफ्नो स्वार्थ पूरा गर्न पाए छिमेकीलाई जति नै मर्का परेपनि त्यसको कुनै वास्ता गर्दैनन् । यदी सहरका मानिसहरु गाउँले मानिस जस्तै दयालु र मायालु हुनेभए सहर कति सुन्दर लाग्थ्यो होला । मलाई सहरमावासीको मन कठोर लाग्छ।

घुमघाम गर्न कत्तिको मनपर्छ ?
मन त पर्छ तर, सहरमा घुम्ने ठाउँहरु नै भेटदीनँ । फुर्सद हुँदा सहरभित्र घुम्छु । कतिपय ठाउँमा त कामले नै घुम्ने अवसर पाएकी छु । पहिले–पहिले साथिभाईसँग अघि बढी घुम्न हिडिन्थ्यो अहिले पुराना साथिहरु विदेशमा छन् । त्यसैले पनि कम घुम्ने गरेकी छु।

सहरभित्र सपिङ जाने ठाउँ ?
नक्साल, बौद्ध, जोरपाटी, पिपुल्स प्लाजालगायत ठाउँतिर जान्छु । यी ठाउँमा सबैखाले सामान पाइन्छ।

विदेशका सहर घुमेको अनुभव छ ?
नेपाल भन्दा बाहिर खासै पुगेकी छैन । अली सानी हुँदा एकपटक चाइना र दार्जिलिङ पुगेकी थिएँ ।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मलाई सबैले सपनाको सहर ठान्ने अमेरिका जाने रहर छ । मौका मिल्यो भने त्यहाँ पनि पुग्नेछु ।

सहरको मिठो लाग्ने खानेकुरा केहो ?
यहाँको सबैखाले खानेकुरा मनपर्छ । त्यसमा पनि नेवारी खानेकुरा बढी रुच्छ ।
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ७ जेष्ठ २०७५ ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App