coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

फेसनको बदलिँदो ट्रेन्ड

पुल्चोक स्थित ए एन्ड ए फेसन स्टुडियोकी डिजाइनर हुन्, अरुण जोशी । अरुणको न्युरोड स्थित पुल्चोकमा ब्रान्च खोलेको आठ महिना भएको छ । न्युरोडमा रहेको बुटिकमा पार्किङको  समस्या भएकाले पुल्चोकमा नँया स्टुडियो खोलेको उनी बताउँछिन् ।

ए एन्ड ए स्टुडियोमा उनी नँया फेसन डिजाइनरलाई ट्रेनिङ र इन्टर्नको रुपमा काम सिकाउछिन् । दैनीक ३ घन्टाको समय दिएर प्रयाक्टिकल बेसमा लुगाको डिजाइन गर्न सिकाउछिन् । फेसन डिजाइनर अध्ययन गरेका बिद्यार्थी मात्र नभएर सिलाइ कटाईमा रुचि भएका, काम गर्न चहाने डिजाइनको आइसिया सिक्न चहाने महिलालाई सिकाउने काम उनी गर्छिन् । लुगा लगाउदा सहज हुन्छ हुदैन, कम्फर्ट हुन्छ हुदैन, कुन ठाँउमा लगाउदा ठिक हुन्छ यी कुरामा ध्यान दिएर लगाइने लुगा, आउट फिट नै फेसन बताउने अरुणा भन्छिन्, ‘फेसन भनेको मान्छेले आफुलाई सुहाउदो, आरामदायी लुगा लगाउनु नै फेसन हो ।’ मान्छेले लुगा लगाउने तरिका जान्ने हो भने फेसनेबल हुने उनी बताउँछिन्।

  समय संगै फेसनको ट्रन्ड निकै फरक भएको अनुभब उनी सुनाउछिन् ।  पेशाले शिक्षिका उनी जम्स् स्कुलमा पढाउथिन् अरुण । नमुनामा फेसन डिजाइन पढ्दा अरुणाले मास्टर सकिसकेक थिइन् । नमुनामा फेसन डिजाइनर पढन सुरु गरे पछि आफ्नो इच्या पुरा हुन्छ भन्ने कुरामा दंग थिइन् उनी ।  उनी भन्छिन्,‘ त्यो समयमा फेसन डिजाइनर पढ्नु भनेको सुचिकारको काम गर्नु भन्ने थियो, हुनेखाने घरकाले छोरी बुहारी सुचिकार हुन्छु भन्दा कँहा मान्थेर ? तर पनि मैले मेरो जित छोडिन् ।’ उनीले आफ्नै स्लोगन बनाएकी छिन् ‘बिकज अफ माई प्यासन्, आइ बिकेम फेसन डिजाइनर ’ श्रिमानको प्रेरणले उनी डिजाइनरको कोर्ष पढ्न सुरु गरिन् ।

उनी भन्छिन्,‘ ज्ञानेश्वरी  म्यामको बिद्यार्थी हुन पाएकोमा निकै भाग्यमानी सम्झन्छु, उहाँले सिकाउने तरिका निकै मयालु छ ।’ नमुना कलेको पहिलो ब्याचमा फेसन डिजाइनर पढेकी अरुणा पुरानो दिन सम्झदै उनी भन्छिन् ,‘नमुना कलेजमा फेसन डिजाइनर पढ्ने ८ जना मात्र थियौ, त्यो समयमा फेसन डिजाइन भन्ने नेपालमा थिएन् ।’ अरुणाले जान्ने भए देखि आफ्नो लागि आफै लुगाको डिजाइन् गर्थिन् । ‘अरुले बजारबाट रेडिमेट किनेर लगाउने तर मैले आफ्नो लागि आफै जस्तो हुन्छ लुगा बनाउथे’ उनले भनीन । सानै उमेरमा बैबाहिक सम्बन्धमा बाधिएकी अरुणाले विवाहमा आफुले लगाउने बेहुलीको लुगा आफै बनाएकी हुन् । ‘मैले आफुले लगाउने लुगा मात्र होइन, डसना, सिरक र सिरानीको खोल समेत आफैले डिजाइन दिएर बनाएकी थिए, जुन अझै म संग छ ’ उनीले हास्दै भनिन् ।समय निकै परिवर्तनशिल छ, एउटा फेसन एक हप्ता टिक्न समेत गाह्रो छ । समय, मौसम अनुसारको फरक फरक फेसन गर्नेहरुको जानत दिनानु दिन बढेको पाइन्छ । शहरका स्कुले बच्चा देखि बृद्ध सम्म हरेक दिन नँया फेसन खोज्छन् ।

हरेकलाई स्टाइलिस्का साथै युनीक फेसन गर्ने चहाना हुन्छ । पहिलाको समयमा एउटाले जे लगायो त्यो नै फेसन हुने अरुणा बताउछिन् । उनी भन्छिन्, ‘एउटाले चुडिदार सुर्वाल, पटेला सर्वाल लगायो भने सबैले त्यहि डिजाइन् लगाउने चलन थियो, जुन बर्षै बर्ष सम्म फेसनको रुपमा चलिरहन्थ्यिो ।’ हिजो आजको समय पहिला भन्दा निकै फरक रहेको उनी अनुभब सुनाउछिन् । अरुणाले पहिलो पटक छोरीको लागि लामो जामा बनाएको कुरा सम्झिन्छिन् । उनी भन्छिन्,‘उ बेलामा पैसा भन्ने बित्तिकै हुदैन थियो, छोरीलाई दाईको बिहेको भोजमा लैजानु थियो, कपडाको पिस किनेर आफैले जामा सिलाए, सबैजनाले निकै मन पराए त्यो सम्झदा निकै खुसी लाग्छ ।’ छोरीको लागि जामा बनाए पछि श्रिमानले नै सिलाईको काम गर भन्ने सल्लाह दिए पछि सिलाईको काम सुरु गरेको उनी बताउँछिन् ।

सुचिकारको पसलको लागि अरुणाले साथीसंग सल्लाह गरिन । दाइजोमा पाएको हाते मसिन मात्र थियो उनी संग । हाते मसिनलाई खुट्टे बनाउन रकम जटाउन धौ धौ पर्यो तर पनि अरुणाले हार मानीनन् । साथीसंग सल्लाह गरिन् र दुबैले आफु संग भएको एकसरो गहना बेचेर सानो टेलरको सुरुवात गरे । न्युरोडमा सुरु गरेका दुई संगीका लागि काम गर्नु निकै चुनौती थियो । ‘दुई जना साथी मिलेर पसल हेर्थेउ भने घर र बच्चालाई समाल्नु हुन्थ्यो, हामीले श्रिमान त तपस्या गरेर नै पाएका हौ ।’ उनले हास्दै भनिन् । सुरुमा छोरीको (जामा) लागि पार्टी वयर वान पिस् बनाए पछि आफुमा कन्फिडेन्टको लेबल बढेको उनी बताउछिन् । पसलमा पहिलो अर्डर पनि छोरीको जामा बनाउने पाएकी अरुणाले जामा बनाए बापत १६ सय रुपैया ज्याला लिएको अनुभब सुनाउछिन् ।

त्यस पछि लुगा सिलाउने अर्डर आउन सुरु गरेको उनीले बताइन् । उनी भन्छिन्, ‘छोरी बच्चाको जामा बनाउन पहिलो अर्डर  पाउदा निकै खुसी भएका थियौ, त्यो दिन नै जिन्दगीमको सबै भन्दा धेरै खुसीको क्षण थियो ।’पसलको सुरुवातमा कामदारले धेरै दुख दिएको कुरा  अरुणाले पुरानो दिन सम्झिन्छिन् । उनी भन्छिन्, ‘पसलमा जेनतेन गरेर एक, दुई थान कपडा राखेको त्यो चोरेर हैरान गराउथे, निकै रुन्थे म कामदारले दुख दिदा ।’ जती नै दुख, कष्ठ भएपनि हार नमानी आफ्नो इच्छालाई फलो गरेको उनी बताउछिन् । उनी भन्छिन्,‘ बिस्तारै काम सुरु गरे पछि छोटो कुर्ता र पेन्ट निकै चलेको थियो, ५ बर्ष जस्तो नै चल्यो ।’ त्यो समयमा यो फेसन गर्न बिद्रोह नै गर्नु परेको उनी बताउँछिन्।   

काम गर्न सुरु गर्दा मनमा धेरै डर पैदा भएको  उनी सुनाउँछिन् । अहिलेको जस्तो मान्छेलाई सम्झाउने र बुझाउने प्रचलन नहुदा धेरै गाली समेत खानु परेको थियो अरुणा लाई । उनी भन्छिन्, ‘सुरुवातमा ग्रहाकले अर्डर दिएको काम पुरा गर्न सकिन्न की भन्ने निकै डर लाग्थ्यो उनले भनिन् ,‘दुई जना सासु बुहारीको त अग्रेजी मै गाली खाए ।’ धेरै चुनौती र संघर्षको उपज आज म नेपाल बुटिक एसोसियनको प्रसिडेन्ट हुदा आनन्द लाग्ने उनी बताउछिन् । सुचिकारको सट्टामा डिजाइनरलाई पहिलेको जस्तो  हेपाई प्रबिद्धि अहिले नरहेको उनी भन्छिन्।

फेसन प्रति मानिसको रुचि बढेको देख्दा खुसी लाग्ने बताउने करुणा भन्छिन्,‘उबेलामा मैले न्युरोडमा बुटिक भनेर टेलरमा लेख्दा धेरै जना बुटिक भनेको के हो भनेर सोध्न आउथे । फेसनको ट्रेन्ड यसरी फेरिएला जस्तो लाग्थेन ।’  अरुणा आफुले आफ्नो लागि नँया फेसनको लुगा तयार गर्थिन् र उनले लगाएको लुगाको फेसन देखेर अरुले पनि लगाउने उनी बताउछिन् । पार्टी वयरका ड्रेस बनाउनेहरुको अर्डर बढी आउने उनी बताउँछिन्।

फेसनले गर्दा बुटिक लाईनमा निकै प्रतिस्पर्धा रहेको उनी बताउछिन् । उनी भन्छिन्,‘फेसन लाइनलाई रेडिमेड र अनलाइनले अलीक च्यालेन्जीङ बनाएको छ, सबैले सबै लाउने भएर फेसन अलीक भास्ट भएको छ ।’ एउटै लुगा बनाउन नपरेर सजीलो भएको र बिकल्प दिन सकिने उनी बताउछिन् । उनी भन्छिन्,‘ ग्राहकको रुचि अनुसार, रंग र डिजाइनको लुगा बनाउन सकिने भएर ग्रहाकलाई सहज भएको छ ।’ बुटिकमा ग्राहक आउदा ग्रहाकलाई सुहाउदो लुगाको बारेमा बताउने मात्र नभएर के लगाउदा कस्तो देखिन्छ भन्ने कुराको बारेमा जानकारी दिने उनीले बताइन्।  

शहरमा बुटिको संख्या दिनानुदिन बढ्दै छ, मानीसलाई कुन समयमा कस्तो लगाउनु पर्छ भन्ने कुराको जानकारी नहुदा फेसनले नराम्रो देखाउने उनी बताउछिन् ।  नँया बुटिकले बजार लिन समस्या रहेको उनी बताउछिन् । उनी भन्छिन्,‘ नेपालमा बुटिकमा  टेलरिङ गर्ने कामदार पाउन निकै गाह्रो छ, अली अली भएका बिदेश जाने भएर योग्य जनशक्तिको अभाब छ ।’ पार्टि वयर बनाउन बुटिकमा अन्य रेडिमेड लुगाको तुलनामा महंगो पर्ने भए पनि सामान्य ड्रेस,  बनाउन धेरै मुल्य नपर्ने उनी बताउछिन्  ।

बुटिकको रेगुलर ग्राहक फेसनेबल, बजेटले भ्याए सम्म, ड्रेस कन्सेस्हरु आउने गरेको उनी अनुभब सुनाउछिन् । उनी भन्छिन्,‘हाम्रो काम, डिजाइन र लगन बढी हुन्छ, जुन वान पिस हुन्छ तसर्थ रेडिमेड भन्दा केहि बढी लिनु सामान्य हो ।’ अरुणाले बुटिमा सामान्य साडीमा फल्स् हाल्ने देखि  बिवाहको ड्रेस सम्म बनाउने उनी बताउछिन् ।उनी भन्छिन्,‘दराजमा थन्काएर राखेका पुरानो जमानाको साडी लिएर आउनुस् म डिजाइन् गरिदिन्छु नँया ड्रेस लगाउनुस्, दुराजलाई किन भार गराउनु ?’समय, नेट इन्टरनेटले गर्दा मानीसलाई कुन ठाँउमा के लगाउनु पर्छ भन्ने जानकारी भएको देख्दा खुसी लागेको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘उनी भन्छिन्, ‘समय ठ्याक्कै उल्टो भएको छ, पहिला के फेसनमा चलेको छ त्यो बनाइदिनु भन्थे भने अहिले नँया कसैले नलगाएको बनाइदिनु भन्छन् ।’ अरुले लगाएको देखेर भन्दा आफुलाई कस्तो लुगा सुहाउछ भन्ने कुरामा बिचार  गर्नु पर्ने उनी बताउछिन् । ‘यस्तो लुगाको फेसन गर्नुस् कि त्यो लुगाले तपाईको इज्जत र प्रतिष्ठा बढावस् न की लुगाको कारणले अरुले हेपोस्, भल्गर र उत्ताउलो लुगा लगाउनु फेसन होइन् ।’  शारिरीक बनावट जस्तो भए पनि आफुलाई सुहाउदो र समय अनुसारको लुगा लगाउनु पर्ने उनी बताउछिन् । उनी भन्छिन्,’शुक्रबार र शनिबार ए एन्ड ए फेसन स्टिुडियोले वर्कसफ कार्यक्रम राखेका छौ, निशुल्क छ आउनु होला ।’ यो कार्यक्रमले फेसन सम्बन्धि जानकारी दिने हेतुले गरेको उनी बताउँछिन् ।  

 

प्रकाशित: ७ जेष्ठ २०७५ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App