७ वैशाख २०८१ शुक्रबार
समाज

आगलागीबाट २५ लाखको क्षति

बाबियाचौर- रघुगंंगा गाउँपालिका–२ भगवतीमा आज बिहान आगलागी हुँदा रु २५ लाखबराबरको धनमालको क्षति भएको छ ।भगवतीको खड्कमारेस्थित जगिन्द्र भण्डारीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अन्नपात, काठ, नगद, गहना, लत्ताकपडा, भाँडाकुँडालगायतका सामान जलेर नष्ट भएको भगवती प्रहरी चौकीले जनाएको छ।

रु चार लाख नगद, १३ तोला सुनलगायतका धनमाल जलेर नष्ट हुँदा रु २५ लाख बराबरको क्षति भएको चौकीका प्रमुख ओमबहादुर बोगटीले जानकारी दिए ।बिहान ७ बजेतिर लागेको आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घर जलेर ध्वस्त भएपछि भण्डारीका परिवार आफन्तको घरमा आश्रय लिएका छन्।रासस
 

प्रकाशित: ७ जेष्ठ २०७५ ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App