coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अर्थाभावले थन्कियो एम्बुलेन्स

फाइल फाेटाे

ललितपुर – अर्थाभावका कारण गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालको एम्बुलेन्स थन्किएको छ। 

एम्बुलेन्सबाट उठेको रकमले त्यसलाई सञ्चालन गर्न नसकिएको अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताए। पहिले गैरसरकारी संस्थाले अस्पताल सञ्चालनमा सहयोग गर्दै आएको थियो। जिल्ला अस्पताल यहाँ सार्ने सरकारको निर्णयपछि अरु निकायको सहयोग बन्द छ । उनले भने, “एम्बुलेन्सबाट नै उठेको पैसाले पनि नपुग्ने र अरु स्रोत नहुँदा एम्बुलेन्स चल्न छाडेको हो।” एम्बुलेन्स सञ्चालन बापत उठेको रकमले गाडी सञ्चालन खर्च र चालकलाई दिने तलब हुँदै आएको थियो। 

झण्डै सात वर्ष पहिलेदेखि एम्बुलेन्स चल्न छाडेको अस्पतालले जनाएको छ। एम्बलेन्स नचल्नाले पनि यहाँ आउने बिरामीको संख्या कम भएको छ। पहिले दक्षिण ललितपुरबाट धेरै बिरामी एम्बुलेन्सबाट यहाँ उपचारका लागि आउने गरेका थिए। निर्देशक श्रेष्ठले भने, “अन्य निजी अस्पतालको भन्दा यहीको एम्बुलेन्स ग्रामीण क्षेत्रसम्म जाने गरेको थियो।” 

एम्बुलेन्स नचल्दा अन्य रोगका बिरामीसँगै प्रसूति सेवा लिने बिरामीको चाप कम भएको छ। 

चापागाउँमा नै रहेको अर्को एम्बुलेन्स झण्डै नौ महिना पहिलेदेखि बन्द भएपछि यहाँ एउटा पनि एम्बुलेन्स छैन। 

प्रकाशित: ७ जेष्ठ २०७५ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App