coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नौ महिनादेखि तलब नपाएको गुनासो

रुकुम- रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत कर्मचारीले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत नगर्दा उनीहरुले तलब नपाएको गाउँपालिकाले जनाएको छ ।

गत असोजमा वडाध्यक्षको सहयोगी रहने र वडा कार्यालयमा लेखापढी अन्य कामकाज गर्ने गरी यहाँका १४ वडामा एक–एकजना सहयोगी नियुक्ति गरिएको थियो ।उक्त गाउँपालिकाका लेखापाल शिवराम खड्काले आफू बिरामी भएर जिल्ला बाहिर भएको र उनीहरूको नियुक्ति पनि प्रकृयागत ढङ्ले नभएको गुनासो आएकाले तलब दिन कठिनाइ भएको बताए।

निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक रावतले उनीहरूलाई तलब खुवाउन आनाकानी गरेको गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्तीले बताए । आफूलाई दैनिक रु ७५९ दिने सहमति भए पनि हालसम्म कुनै रकम नपाएको अध्यक्षका स्वकीय सचिव उज्ज्वल सेनले जानकारी दिए।रासस

प्रकाशित: ७ जेष्ठ २०७५ ०७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App