coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहट जिल्लाभर नै जिवनजल अभाव

रौतहट – रौतहटको सम्पूर्ण सरकारी स्वास्थ्य संस्थामा जिवनजल अभाव देखिएको छ । झाडापाखालामा मृत्युबाट जोगाउने अचुक औषधिको रुपमा मानिने जिवनजल जिल्लाका ९२ वटै सरकारी स्वास्थ्य संस्थामा अभाव छ।

फाटफुट झाडापखालाका बिरामी स्वास्थ्य संस्थामा जादा जिङ्क चक्की त पाइन्छ। तर जिवनजलको लागि सरकारी स्वास्थ्य संस्थाले नजिकको औषधि पसलमा किन्न पठाउँछन्।

आइतबार इशनाथ नगरपालिकाको हेल्थ पेस्ट औरैयामा झाडापखाला लागेर सात जना विरामी जचाउन आएको अनमी सिमा चौधरीले बताइन् । झाडापखालाको लागि बिरामीलाई मेट्रोन र जिङ्क चक्की दिएपनि जिवनजल बाहिरको औषधि पसलमा किन्न पठाएको अनमी चौधरीले बताइन्् ।  “विगत तीन महिनादेखि स्वास्थ्य संस्थामा जिवनजल लगायतका अन्य औषधि अभाव छ” अनमि सिमाले भनिन् “औषधि अभावको विषयमा पटक पटक जिल्ला जन स्वास्थ्य कार्यालय र नगरपालिकालाई जानकारी गराएपनि जावो एउटा जिवनजल समेत कसैले पठाइदिएको छैन्”।

हामी बिहानैदेखि स्वास्थ्य केन्द्रमा आएर बिरामीहरुलाई सेवा प्रदान गरिरहेका छौं तर उनीहरुलाई निशुल्क रुपमा दिनुपर्ने औषधी दिन सकेका छैनौं अर्का अनमी कमली देवी बनियाले बताइन्।

राज्यबाट ७० प्रकारको औषधी निशुल्क रुपमा उपलब्ध गराउन भनिएपनि सबै कुरा कागजमै उल्लेख रहेको गुनासो गर्दै बनियाले गरिब असहाय बिरामीहरु मात्रै सरकारी अस्पतालमा आउने गरेको भएपनि उनीहरुलाई सेवा प्रदान गर्न औषधीको निकै अभावमा जेनतेन स्वास्थ्य केन्द्रमा बस्नु परेको समेत उनले गुनासो गरिन । 

सरकारले स्वास्थ्य संस्थाको औषधि खरिद गर्नको लागि स्थानीय गाउँपालिका र नगरपालिकामा एकमुस्ट बजेट पठाएपनि निर्वाचित जन प्रतिनिधिको लापरवाहीको कारण जिल्लाका सरकारी स्वास्थ्य संस्थामा जिवनजलका साथै अत्यावश्यक औषधिहरू समेत अभाव भएको पाइएको छ। 

यतिवेला गर्मीयाम सुरु भएको छ। अध्याधिक गर्मीको कारण खाना र पानी दुवै दुषित हुने गरेको कारण यो याममा झाडापखाला, टाइफाइड, छालारोग जस्ता विभिन्न विरामीहरु अहिले जिल्ला अस्पतालका साथै ग्रामिण भेगका स्वास्थ्य संस्थाहरूमा आउने गरेको जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर कृष्ण साहले बताए। जिल्ला अस्पताल गौरमा जिवनजल लगायतका निशुल्क वितरण हुने औषधिहरू प्रयाप्त मात्रामा नभएको बताए । उनले यतिखेर जिल्ला अस्पतालमा इन्जेक्टेवल औषधि डाइक्लोफेनिक, वुस्कोपान, लायतका इन्जेक्टेवुल औषधि पुर्ण रुपमा अभाव रहेको डाक्टर साहले बताए ।  जिल्लाभर औषधिको अभाव भएपछि सरकारले औषधि खरिद गर्नका लागि २५ लाख रुपैया भर्खरै केहीदिन अघि पठाएकोले औषधि खरिदको लागि टेण्डर प्रकृया सुरु गरेको र चाडै समस्या समाधान गर्ने बताए। 

स्थानीय स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा हुनुपर्ने टिटी, भिजामिन, जिवन जल, मेट्रोन, एमजीट लगायतका लाइफ सेभिंग ड्रगहरूको अधिकांश स्वास्थ्य केन्द्रहरूमा अभाव सृजना भएको कार्यरत स्वाथ्यकर्मीहरु बताउँछन्।

जिल्ला अस्पतालसहित ४ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ८५ उपस्वास्थ्य चौकी, र गौर, गरुडा र देवाहीमा रहेको सहरी क्लिनिकमा समेत “लाइफ सेफ ड्रग” का साथसाथै जिवन जल, भिटामिन लगायतका औषधि अभाव भएको छ। 

प्रकाशित: ७ जेष्ठ २०७५ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App